सुन्तली थोकर तामाङलाई विनासर्त रिहा गर्न माग

सुन्तली थोकर तामाङलाई विनासर्त रिहा गर्न माग

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं १० कार्तिक ।
नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले गिरफतार संगठनका केन्द्रीय सचिव सुन्तली थोकर तामाङलाई तत्काल रिहाई गर्न आग्रह गरेको छ ।

संगठनका अध्यक्ष पेम दोर्जे लामाले आज विज्ञप्ति जारी गर्दै अमानवीय, अभद्र, निकृष्ट व्यवहार पद्रर्शन गर्दै विनाकारण गिरफ्तार गरी हिरासतमा राख्ने काम गरेको प्रति घोर भत्र्सना गर्दै तत्काल रिहाईको माग गर्नुभएको हो । सुन्तलीलाई कार्तिक ५ गते घरमा सुतिरहेको बेला राती १२ बजे घरबाटै गिरफतार गरेको पनि उहाले उल्लेख गर्नुभएको छ ।

दोर्जे लामाले तामाङ समुदायको वर्गीय मुक्तिसँगै जातीय मुक्ति, ताम्सालिङ स्वायत्त प्रदेश र आत्म निर्णयको अधिकार सहितको स्वायत्तताको निम्ति निरन्तर क्रियाशिल महिला नेतृ सुन्तली थोकर तामाङलाई तुरुन्त रिहाई नगरे आम तामाङ समुदाय प्रतिरोध संघर्षमा उत्रन बाध्य हुने र यसबाट उत्पन्न कुनैपनि जटिल परिणामको जिम्मेवार स्वंम सरकार हुने चेतावनी समेत दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ