कतार पुगेको नेपाली अण्डर–२३ राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै

कतार पुगेको नेपाली अण्डर–२३ राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, १० कार्तिक ।
अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कतार पुगेको नेपाली अण्डर–२३ राष्ट्रिय फुटबल टिम आज आइतबार स्वदेश फर्कदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम भोली बिहान ९ बजे नेपाल आईपुग्ने जनाएको छ ।

नेपाली अण्डर–२३ टिमले शुक्रवार राति म्यानमारको अण्डर–२३ टिमसँग दोहामा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

म्यानमारविरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउन पर्यो । नेपालको लागि अनन्त तामाङ र रेजिन सुब्बाले गोल गरेका थिए । म्यानमारका लिविन मोए अङले दुई गोल गरेका थिए ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग) को तयारीमा रहेको नेपाली टिम म्यानमारको अण्डर–२२ टिमसँग एक मैत्रीपूर्ण खेलका लागि कतार पुगेका थिए । १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ