काठमाण्डौं कार्तिक ९ । असोज ३० गते पक्राउ परेका मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द बीरजंग , केन्द्रीय सदस्य सुभाष सहित २१ र अन्य नेता कार्यकर्ता पक्राउको विरोधमा चरणवद्ध सघर्षको घोषणा गरेको नेकपाले आज स्थानीय स्तरमा ठाँउ ठाँउमा विरोध कार्यक्रम गरेको छ ।
कालिकोटबाट प्राप्त खबर अनुसार जिल्लाको विभिन्न स्थानमा सरकार विरोधी प्लेकार्ड सहित प्रदर्शन गर्नुका साथै कोण सभा गरिएका छन् ।
यसै गरी जाजरकोट, कास्की,रुकुम, रोल्पा, सल्यान,झापा,भोजपुर लगायत अन्य जिल्लामा पनि विरोध प्रदर्शनहरु भएको सो पार्टीले जनाएको छ ।
यस अघि सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको थियो ।
गत फागुण २८ मा सरकारले प्रतिवन्ध लगाए पछि एक हजार बढी नेता कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline