चितुवाको छालासहित दुई पक्राउ

चितुवाको छालासहित दुई पक्राउ

  • शनिबार, कार्तिक ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मुसिकोट नगरपालिका–७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट चितुवा अङ्ग ९ओखेटोपहार० छालासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनभुयो । उहाँका अनुसार पक्राउ परेका दुवैलाई शङ्कास्पद अवस्थामा बाटोमा आउँदै गरेको फेला पारी निजहरुको तलासी गर्दा सेतो रङको प्लाष्टिक बोराभित्र चितुवाको छाला फेला परेको बताइएको छ ।

पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ