मदन भण्डारी र प्रचण्डको ओरिजिन एउटै होः प्रचण्ड

मदन भण्डारी र प्रचण्डको ओरिजिन एउटै होः प्रचण्ड

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

विराटनगर कार्तिक ८ । उत्तारचढावपूर्ण अभिव्यक्ति दिदै आएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय नेता मदन भण्डारी र प्रचण्ड ( आफ्नो ) ओरीजीन एकै भएको दावी गरेका छन् ।

विराटनगरमा दशैं तिहार छठको अवसरमा पार्टीद्धारा आयोजित चियापान समारोहमा बोल्दै प्रचण्डले मदन भण्डारी पनि झापा विद्रोहको ओरिजनल माले हुनुहुन्नथ्यो , म पनि ओरीजिनल माओवादी होईन प्रचण्डले भने । हामी दुवै पुष्पलाल समुहमा थियौं ।

मदन भण्डारीको अनुपस्थितिमा प्रचण्ड नै मदन भण्डारी भएको जिकिर गर्दै प्रचण्डले दुवै जना छोटो समयमा नै आन्दोलनको नेतृत्वको रुपमा स्थापित भएको छुट्टा छुट्टै पार्टीको महासचिवको रुपमा स्थापित भएको बताए ।
एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भनेर विगतमा मदन भण्डारी र आफूले गरेको मेहेनतलाई अध्ययन गर्न आग्रह गर्दै पार्टीले आर्जन गरेको शक्तिबाट नेताहरुमा अहंकार र घमण्ड पलाउन सक्ने भन्दै सचेत रहन अनुरोध गरे ।

कार्यक्रममा अर्का नेता तथा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सञ्चार माध्यममा जतिसुकै बिषय आए पनि पार्टी एकतालाई प्रभाव नपार्ने बताए ।
उनले देश भित्र र बाहिर कम्युनिष्ट नमिलुन भनेर सत्तो सराप गर्ने शक्तिहरु रहेको भन्दै त्यसलाई मलजल गर्ने गरी अभिव्यक्ति नदिन पनि आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी