तिहारमा घर लिप्ने माटाे लिन गएकी बालिका कहिलै नफर्किने गरी बिदा भइन् 

तिहारमा घर लिप्ने माटाे लिन गएकी बालिका कहिलै नफर्किने गरी बिदा भइन् 

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

राजविराज, ८ कात्तिक । तिहारमा घर लिपपोत गर्नको लागि माटो खन्नेक्रममा सप्तरीको कञ्चनरुप–११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको आज दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप–११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीया छोरी पुष्पाकुमारी सरदारको रहेकोे इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उनको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन बालिका दीपावली (तिहार)को लागि घर लिपपोत गर्ने भन्दै कञ्चनरुप नगरपालिका–११ स्थित गोरपारमा कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा बालिका पुष्पा कुमारीको मृत्यु भएको छ भने अर्का दुई जना बालिकासमेत घाइते भएका छन् ।

सोही ठाउँका लागू सरदारकी १५ वर्षीया छोरी मन्त्रिता सरदारको देब्रे खुट्टा पूरै चुँडिएर घाइते छन् । त्यस्तै मनिलाल सरदारको १७ वर्षीया छोरी सुस्मिता सरदारको समेत हार र खुट्टामा चोट लागेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।

घाइते मन्त्रिताको उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै सुस्मिता सरदारको कृति सामुदायिक स्वास्थ्योपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ