किलीयन र जुडिथले जिते विश्व अल्ट्रा म्याराथनको उपाधि

किलीयन र जुडिथले जिते विश्व अल्ट्रा म्याराथनको उपाधि

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

कास्की, ८ कात्तिक ।
अल्ट्रा म्याराथनको विश्व सिरिजअन्तर्गतको फाइनलमा पुरुषतर्फ स्पेनका किलियन जर्नेट र महिलातर्फ स्वीजरल्याण्डका जुडिथ वेदरले उपाधि जितेका छन् ।

विश्वका विभिन्न छ देशमा सम्पन्न भएको प्रतिस्पर्धाबाट फाइनल चरणमा प्रवेश गरेका विश्वका १० पुरुष र १० महिला धावकबीचको ‘गोल्डेन ट्रेल वल्र्ड सिरीज’ को आज कास्कीको माछापुच्छ«े गाउँपालिकामा भएको दोस्रो संस्करणको फाइनलमा जर्नेटले चार घण्टा ४६ मिनेट एक सेकेण्ड तथा वेदरले पाँच घण्टा नौ मिनेटमा निर्धारित दूरी पार गरी उपाधि जितेका हुन् ।

गाउँपालिकाको वडा नं ८ लुम्रेको एक हजार २०० मिटर उचाइबाट शुरु भएको दौड मर्दी हिमालको हाइक्याम्प तीन हजार ७८० मिटर उचाइमा पुगेर ४२ किमी दूरी पार गरी धम्पुसमा आएर समापन भएको थियो । म्याराथनमा विभिन्न देशका १४० धावकहरु सहभागि भएका थिए ।

नेपालमा पहिलोपटक आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ इटलीका डेभिड माग्गनीले चार घण्टा ५९ मिनेट ५९ सेकेण्डमा दूरी पार गरी दोस्रो बने भने नर्वेका स्टेन एन्गरमढले पाँच घण्टा आठ मिनेट दुई सेकेन्डमा तोएिको दूरी पार गरी तेस्रो बने । महिलातर्फ इटलीका सिल्भिया राम्पाज्जोले निर्धारित छ घण्टा १३ मिनेट १९ सेकेन्डमा दूरी पार गरी दोस्रो तथा दक्षिण अफ्रिकाका मेगान म्याकेन्जीले छ घण्टा ३३ मिनेट २८ सेकेन्डमा तोकिएको दूरी पार गरी तृतीय बनिन् ।

उपाधि विजेता किलियनले आफूले दुई पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेको बताउँदै उचाइमा दौडनु कठिन र दुःख पूर्ण भए पनि हिमाल, प्राकृतिक सौन्दर्यलाई नियाल्दा खुसी भएको प्रतिक्रिया दिए । पहिलो पटक नेपालमा आएर यतिका उचाइसम्म पुगेर प्रतियोगितामा विजयी हुँदा सबै दुःख भुलेको बताउँदै अर्का विजेता जुडिथले यसअघि कहिल्यै पनि दुई हजारभन्दा माथिको उचाइमा दौडको अनुभव नरहेको बताइन् ।

खेल सामग्री उत्पादक कम्पनी सोलोमनले आयोजना गरेको प्रतियोगिताका उपाधि विजेतालाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले ट्रफी तथा नगद पुरस्कार रु एक लाख वितरण गर्नुभएको थियो । प्रतियोगिताको स्थानीय आयोजक ट्रेल रनिङ नेपालका अध्यक्ष एवं विश्व अल्ट्रा धाविका मीरा राइले प्रतियोगिताबाट नेपाल साहसिक खेलकूदमा समेत विश्वस्तरमा परिचित भएको बताउनुभयो ।

शनिबार ५५ किमीको अन्नपूर्ण अल्ट्रा म्याराथन र १०० किमीको दौड आयोजना हुने र त्यसमा विदेशी तथा नेपाली धावकहरुको सहभागिता रहने राईले जानकारी दिनुभयो । माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिकाको मात्र नभएर गण्डकी प्रदेश तथा समग्र देशको प्रवद्र्धनमा प्रतियोगिताले मद्दत गरेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ