नेकपाका ४ कार्यकर्ता ललितपुरबाट गिरफ्तार, स्याङ्जा सेक्रेटरीसहित तीन जना रिहा लगत्तै पुनः पक्राउ

नेकपाका ४ कार्यकर्ता ललितपुरबाट गिरफ्तार, स्याङ्जा सेक्रेटरीसहित तीन जना रिहा लगत्तै पुनः पक्राउ

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

दमौली, ८ कात्तिक । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहँुको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले प्रशासन कार्यालयको परिसरबाट पक्राउ गरेको हो । प्रशासन कार्यालयले उनीहरुलाई जनही रु एक हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

उनीहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्काे मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचारअनुसार पुनः पक्राउ गरी लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

अभद्र व्यवहारको मुद्दामा उनीहरु गत असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका थिए । यसअघि उनीहरुलाई असोज १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ गरी तनहँु पुर्याईएको थियो ।

यस्तै ललितपुरको लुभु बाट पनि नेकपाका ४ कार्यकर्ताहरु पक्राउ परेका छन् । बिहीबार बेलुका प्रधानीमन्त्री ओलीको विरुद्धमा पुत्ला जलाउन खोज्ने क्रममा उनीहरुलाई प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर ललितपुरका सहायक प्रवक्ता डिएसपी सन्तोष तामाङले बताउनुभयो ।

पक्राउ पर्नेमा पाँचथर जिल्ला घरभई हाल ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने वर्ष २१ का निकुञ्ज सेवा, काभ्रे घरभई हाल ललितपुर–२८ बस्ने वर्ष ६० को जित बहादुर खपाङ्गी, भक्तपुर घरभई हाल ललितपुर–२४ बस्ने वर्ष २७ के श्रवण भन्ने बिजेश ढकाल र भोजपुर घरभई हाल काठमाडौं कागेश्वरी मनहरा अन्तर्गत काडाघारी बस्ने वर्ष ४२ को पेम्बा जम्बु शेर्पा रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक शान्ति खलल गरेको कसुरमा ७ दिनको म्याद थपिएको डिएसपी तामाङले जानकारी दिनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ