काठमाडौँ, ८ कात्तिक । यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएकामा नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले स्वागत गरेको छ ।
समितिका अध्यक्ष रमेश महर्जनले आज विज्ञप्ति जारी गदै सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै सार्वजनिक बिदा दिन गरेको निर्णयले सांस्कृतिक परम्परा र विधि व्यवहारको महत्व सबैले आत्मसात गर्नुपर्ने सन्देश दिएको बताउनु भएको छ ।
तिथिअनुसार चाडपर्व जात्रा मनाउने सिलसिलामा व्यवहारिकता र सांस्कृतिक पक्षको महत्व रहेको उल्लेख गरिएको विज्ञप्तिमा यस्ता पर्वले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
आगामी दिनमा पञ्चाङ्ग निणार्यक समितिले तिथि–मिति घटबढ हुँदा सोहीअनुसार छलफल गरी समस्याको अग्रिम समाधानका लागि पहल गर्न आग्रह गरिएको छ ।
काठमाडौँको वसन्तपुरमा कार्तिक १२ गते बिहान ७ बजे भेला भई सांस्कृतिक ¥यालीमा सहभागी हुन आग्रह गरिएको छ ।