तेजाव पीडित मुस्कानको चिट्ठी प्रधानमन्त्रीलाई , “ विन्ती छ मेरो पीडा बुझिदिनुहोस् ”

तेजाव पीडित मुस्कानको चिट्ठी प्रधानमन्त्रीलाई , “ विन्ती छ मेरो पीडा बुझिदिनुहोस् ”

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 27.5K
    SHARES

कार्तिक ८ कीर्तिपुर । डेढ महिना अघि तेजाव आक्रमणमा परेर आधा शरीर जलेकी मुस्कान खातुन अन्सारीले प्रधानमन्त्रीका नाममा खुल्ला चिट्ठी लेख्दै आफू दुई तिहाईको सरकारमा भएको भए अपराधीलाई फासी दिन्थे भनेकी छन् ।
हस्तलिखित चिट्ठी फेसबुकमा पोष्ट गर्दै बीरजञ्जकी कक्षा ९ मा अध्ययनरत खातुनले भनेकि छन् “ प्रधानमन्त्री ज्यू यदी म हजुरको दुई तिहाईको सरकारमा भईदिएको भए तेजाव हान्ने अपराधीलाई फाँसी दिन्थे होला ”
उनले प्रधानमन्त्रीलाई तेजाव आक्रमणको पीडा आफूले मात्र नभई देशले, आमा बुवाले भोगिरहेको भन्दै दोषीमाथि कडा भन्दा कडा सजाय दिलाउने र आईन्दा यस्ता घटना नघटोस् भनेर अनुरोध पनि गरेकी छन् । यो पीडा बुझेर दोषीलाई कडा सजाय होस् भनेर उनले विन्ती र अपेक्षा रहेको उल्लेख गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी