पूर्व कप्तान पारस खड्काले टी टेन खेल्ने

पूर्व कप्तान पारस खड्काले टी टेन खेल्ने

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

कार्तिक ८ काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले सिजनको टी–१० लिग खेल्ने भएका छन्। उनी यो लिग खेल्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।
पारस टिम अबुधावीमा आबद्ध भएका हुन्। उनले १० हजार अमेरिकी डलर पारिश्रमिक पाउने बताईएको छ ।
पारस आबद्ध टिमको खेलाडीमा इंग्ल्यान्डका अलराउन्डर मोइन अली
पाकिस्तानका तीव्र गतिका बलर मोहमद अमीर, न्युजिल्यान्डका कोरी एन्डरसन, श्रीलंकाका निरोशन डिकवेला, युएईका रोहान मुस्ताफा लगायतका खेलाडी छन् ।
यसअघि नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने कर्नाटकामा आबद्ध भएका थिए । यस सिजन कर्नाटकामा ४५ हजार डलरमा आबद्ध भएका हुन् ।
प्रतियोगिता युएई अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ