विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध गलत : वैद्य

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध गलत : वैद्य

  • बिहिबार, कार्तिक ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौं कार्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी–माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ले सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु गलत भएको बताएका छन् । बुधबार प्युठानमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बैद्यले भने –‘हामी सबै जनयुद्ध गरेको शक्ती हौ पछिल्लो समय सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर सो पार्टीका नेताकार्यकर्ताहरुमाथि दमन र धरपकड बढाउँदै लगेको छ त्यसो गर्नु राम्रो होइन । विप्लवहरु एक राजनीतिक शक्ती भएका कारण राजनीतिक समस्याको समाधान राजनीतिक तरिकाले गर्नुपर्दछ ।’
कार्यक्रममा बोल्दै क्रान्तिकारी–माओवादीका महासचिव बैद्यले सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रति कसैको पनि विश्वास नभएको बताए । यस्तै समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्राईले कम्युनिस्ट सिद्धान्त भुलेको भन्दै बैद्यले भटराईको राजनीतिक जीवन समाप्त भैसकेको बताए ।

भटराईले कम्युनिस्ट सिद्धान्त छोडेर हिडेपछि उनको राजनीतिक जीवन सकिएको बताए । यस्तै वैद्यले वर्तमान केपी सरकार जनताको जनभावना अनुसार अघि बढ्न नसकेको बताए । उनले आउदो मंसिर १४ गतेको लागि घोषणा गरिएको उपनिर्वाचन शसक्त बहिस्कार गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ