महरालाई पुनः सात दिन हिरासतमा राख्न अनुमति

महरालाई पुनः सात दिन हिरासतमा राख्न अनुमति

  • बिहिबार, कार्तिक ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

कार्तिक ७ काठमाण्डौं । ससद सचिवालयकी कर्मचारी रोसनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
असोज १९ मा पक्राउ परे लगत्तै अस्वस्थ भएका महरा नर्भिक अस्पतालमा उपचारका लागि राखिएका छन् ।
अस्पतालबाटै अदालत लगेर अनुसन्धान नसकिएको र फरेन्सीक रिपोर्ट आउन समय लाग्ने भन्दै महरालाई म्याद थपका लागि प्रहरीले सरकारी वकिल मार्फत माग गरेको थियो । न्यायधीश सुदर्शनराज पाण्डेको ईजलाशले सो आदेश दिएको हो ।
१३ गते सम्म महरा प्रहरीको नियन्त्रणमा रहनेछन् । पीडित भनिएकी महिलाले आफूलाई बलात्कार प्रयास नगरेको भनेर अदालतमा निवेदन समेत दिएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ