महिला क्रिकेटको उपाधी चितवन राईनोजलाई

महिला क्रिकेटको उपाधी चितवन राईनोजलाई

  • बिहिबार, कार्तिक ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं कार्तिक ७ । महिला च्याम्पियन्स लिग (डब्लुसीएल) टी ट्वेन्टी क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । कीर्तिपुरमा बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो।
लिगमा अपराजित रहेको चितवनले टस हारेर पहिलो ब्याटिङ गरेको थियो। उसले निर्धा्रित २० ओभरमा ११२ रन जाड्यो। ११३ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रन बनाउन सक्यो। चितवनको जितका लागि सुमन खतिवडाले अलराउन्ड प्रदर्शन गरिन्।
चितवनको जितका लागि सुमन खतिवडाले अलराउन्डर प्रदर्शन गरिन्। टिमका लागि सर्वा्धिक २९ रन जोडेकी उनले ३ विकेट समेत लिइन् । त्यस्तै रितु कनौजियाले ३ विकेट लिइन् भने रेखा रावलले २ विकेट हात पारिन्।
यसैगरी कप्तान इन्दु बर्माले २२ रन जोडिन्। १९ बल खेल्दा उनले ४ चौका हिर्काइन्। त्यस्तै ओपनर काजल श्रेष्ठले २१ रन जोडिन्।

क्विन्स काठमाडौंका लागि अप्सरी बेगमले सर्वा्धिक १५ रन जोडिन्। ममता थापा र ईश्वरी विष्टले समान १३ रन जोड्न बाहेक अन्य ब्याट्स्वुमनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ