किन विश्वभर राजनीतिक नेताहरुप्रति वितृष्णा बढ्दैछ ?

किन विश्वभर राजनीतिक नेताहरुप्रति वितृष्णा बढ्दैछ ?

  • बिहिबार, कार्तिक ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

कार्तिक ७ । हालैका दिनहरुमा ईराकदेखि लेवनान सम्म र स्पेनदेखि चिलीसम्म सार्वजनिक विरोध प्रदर्शन चलिरहेको छ । यी सबै प्रदर्शनको तरीका, लक्ष्य र कारण अलग अलग छ तर पनि केही समानता छ जो उनीहरुलाई एकसाथ जोडिन्छ ।
एक अर्काबाट हजारौ माईल टाढा हुनुका बाबजुद विभिन्न देशमा यी प्रदर्शनको कारण लगभग समानता रहेको छ र एक अर्कालाई प्रेरित पनि गरेका छन् कि कसरी आफ्नो प्रदर्शनलाई व्यवस्थित चलाउन सकियोस् र लक्ष्यलाई अघि बढाउन सकियोस् । यहाँ हामी केही मुद्धामाथि दृष्टि राख्दैछौ जो सडकमा उत्रने प्रदर्शनकारीहरुलाई एकअर्कासगँ जोड्दछन् ।
असमानता
प्रदर्शनकारीरुमा कोही यस्ता छन् जसले लामो समय सम्म महसुस गरे कि आफ्नो देशको सम्पत्तिबाट उनीहरुलाई लगभग अलग गरियो । कैयौ मुद्धाहरु मध्य महत्वपूर्ण सेवाक्षेत्रको मुल्य बृद्धिले सहनशीलताको सीमा नाघ्यो । ं
इक्वेडरमा यसै महिना त्यतिखेर विरोध प्रदर्शन शुरु भयो जतिखेर सरकारले अंतरराष्ट्रीय मुद्रा कोष (आईएमएफÞ) सगँ भएको सम्झौताका कारण ईन्धनमा एक दशक भन्दा बढी समय देखि दिईदै आएको सरकारी खर्चमा कटौती गर्ने र सरकारी खर्च घटाउने घोषणा भयो । यसै कारण पेट्रोलको मुल्य नाटकीय रुपमा वृद्धि भयो । यसै कारण जनताले भनेका छन् कि पेट्रोलको मुल्य उनको खरीद क्षमताबाट बाहिर गयो । देशमा यसै कारण सार्वजनिक यातायात सेवा र खाद्य पदार्थको लागतमा वृद्धि हुने र ग्रामिण जनता सबै भन्दा प्रभावित हुनेछन् भन्ने केही समुहहरुको तर्क छ ।
त्यसैले प्रदर्शनकारीहरुले राजमार्ग बन्द गरे, ससदमा हमला गरे र सुरक्षाकर्मीहरुसगँ भीडे । उनीहरुको प्रमुख माग नै ईन्धनमा सरकारी अनुदान कटौती फिर्ता गर्नु पर्ने । कैयौ दिन सम्म चलेको प्रदर्शन पछि सरकार झुक्यो र विरोध प्रदर्शन रोकियो ।
चिलीमा प्रदर्शन
मेट्रो रेलको भाडा वृद्धिका कारण चिलीमा पनि प्रदर्शन तीव्र भयो । सरकारले तेलको मुल्यमा वृद्धि र मुद्रा कमजोर भएको भन्दै भाडा बढाएको बतायो । तर प्रदर्शनकारीहरुले यो गरीबहरुलाई निचोर्ने एक नयाँ तरीका भन्दै प्रदर्शनमा सामेल भए । गत शुक्रबार जब प्रदर्शनकारी र सुरक्षाकर्मी भीडे त्यस पछि राष्ट्रपति सेबेस्टियन पाइनिराको एउटा तस्वीर भाईरल भयो जसमा उनी एउटा बिशाल ईटालीयन रेष्टुरेन्टमा खाना खाईरहेका थिए । यसलाई आन्दोलनकारीले चिलीमा राजनीतिक कुलीन र सडकमा रहने जनताबीचको अन्तरको प्रतीक भनेका छन् ।

चिली दक्षिणी अमरिकामा सबै भन्दा धनी देश मध्य एक हो । तैपनि उच्चतम स्तरमा असमानता रहेको छ । आर्थिक सहयोग तथा विकास संगठन ( ओईसीडी ) मा सामिल ३६ देश मध्य एक चिली पनि हो । यस्ता देशहरुमा आमदानीमा असमानता सबै भन्दा अधिक छ । ंईक्वेडर जस्तै चिली सरकारले विरोध प्रदर्शन नियन्त्रण गर्न ईक्वेडरले जस्तै चिलीले पनि बढेको मुल्य फिर्ता लियो । तर पनि त्याहाँ अन्य माग राखेर प्रदर्शन जारी छ ।
प्रदर्शनमा सहभागी एक छात्राले समाचार एजेंसी रोयटर्स सगँ भनिन् “यो मेट्रोको भाडा वृद्धिको विरुद्धको प्रदर्शन हैन बरु यो अत्याचारको विरुद्ध कैयौ वर्षदेखि पीडित जनताको आक्रोस हो । ”
लेबनानमा यस्तै प्रकारको दंगा देखिराखिएको छ , जहाँ ह्वाट्स एपमा ट्याक्स लगाउने घोषणाको विरोधमा शुरु भएको प्रदर्शन आर्थिक समस्या,असमानता र भ्रष्टाचारको विरुद्ध ठूलो प्रदर्शनमा बद्लिएको छ । यहाँ क्रृण बढ्दै गए पछि अन्तराष्ट्रिय दाता र एजेन्सीहरुबाट धन प्राप्त गर्नका लागि सरकार आर्थिक सुधार लागू गर्न चाहन्छ । तर आम मानिसलाई लागेको छ कि देशको आर्थिक नीतिका कारण देशको आर्थिक व्यवस्था कमजोर भएको र जनताको समस्या बढ्नुमा सरकारको गलत व्यवस्थापन जिम्मेवार छ । बेरुतको एक प्रदर्शनकारी अब्दुल्लाले भने “ हामी यहाँं व्हाट्सएप को लागि होईन हामी ईन्धन,भोजन,रोटी सबै कुराको लागि छौं । ”

भ्रष्टाचार
यो अलग –अलग प्रदर्शनको केन्द्रमा सरकारी भ्रष्टाचार छ र असमानतासगँ यसको प्रत्यक्ष सम्बन्ध छ । लेबनानमा प्रदर्शनकारीहरुले भनेका छन् कि उनीहरु आर्थिक संकटबाट पीडित छन् अर्कोतिर देशका नेताहरु धनी बन्नका लागि आफ्नो पद र शक्तिको फाईदा उठाईरहेका छन् । प्रदर्शनकारियों में एक ५० वर्षीय व्यक्ति रबाबले भने “ मैले यहाँ धेरै सारा चीज देखेको छु तर लेवनानमा यस्तो भ्रष्ट सरकार देखेको छैन । “
सरकारले गत सोमबार एउटा नयाँ सुधार कार्यक्रम लागू गर्यो जसमा राजनेताहरुको तलवमा कटौती गरिएको छ जसले जनतालाई शान्त बनाउन सकियोस् ।
ईराकका जनता पनि विद्यमान राजनीतिक व्यवस्था परिवर्तन गर्न चाहन्छन् किनकि यो व्यवस्थाले उनीहरुलाई निराश बनाएको छ । यो विवादको प्रमुख कारण एउटा नियुक्ति थियो जो योग्यता भन्दा जातिय, साम्प्रदायीक आरक्षणको आधारमा गरीन्छ । प्रदर्शनकारीहरुले नेताहरुले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने छुट पाएका छन् । यस कारण उनीहरु आफ्ना समर्थकको भलाई गर्न सकियोस् । तर यसले आम जनतामा लाभ पुग्न सकेको छैन ।
मिसमा पनि कथित सरकारी भ्रष्टाचारको विरुद्ध प्रदर्शन शुरू भयो । सेप्टेम्बरमा यो प्रदर्शन तब शुरु भयो जब स्पेनमा रहेका स्वनिर्वासीत व्यापारी मोहम्मद अलीले अपील गरे कि राष्ट्रपति अब्देल फÞतहब अल सीसी र सेना पर भ्रष्टाचार गरेका छन् भनेर । सीसी र उनको सरकारमाथि सम्पत्तिको कुव्यवस्थापन सम्बन्धि उनको आरोपबाट मिश्रवासी उद्धेलित भए ।


राजनीतिक स्वतन्त्रता
केही देशमा विरोध प्रदर्शन त्यस राजनीतिक व्यवस्थाको विरुद्धमा भईरहेका छन् जसले जनतालाई फसाईरहेको छ । गत गर्मीमा हङकगंमा एउटा विधेयकको विरोधमा प्रदर्शन शुरु भयो जसमा केही मुद्धामा सदिग्ध अपराधीहरुले चीनमा स्थान्तरीत गर्ने प्रावधान थियो ।
चिली र लेबनानको विरोध प्रदर्शनको जस्तै हङकगंमा विरोध प्रदर्शनका कारण त्यो विधेयक फिर्ता गरियो ।
जेलमा रहेका कैटेलोनियाका अलगाववादी नेताको विरुद्ध बार्सिलोनामा ठूलो प्रदर्शन भयो । पृथकतावादी नेता विरुद्ध यसै वर्ष अक्टुबर १४ मा राजद्रोहको आरोपमा उनको भूमिकाको लागि जेलको सजाय तोकिएको थियो । जसलाई फेरी स्पेनको एक अदालतले अवैध घोषित गर्दै क्याटोलोनियाको स्वतन्त्रता घोषित गरेको थियो । अदालतको फैसलाको एक घण्टा पछि नै बार्सिलोनामा मानिसहरुलाई लोकप्रिय एन्क्रीप्टेड मेसेजिगं सेवामा एउटा सन्देश आयो कि उनीहरु बार्सिलोनाको एल प्रेटे हवाई अड्डामा आउन र हङकगंमा जस्तै प्रदर्शन गर्न । स्थानीय सञ्चारमाध्यमको खबर अनुसार मानिसहरु हवाई अड्डातिर गईरहेका थिए त्यतिखेरै युवाहरुको एक समुहले हामी “हङकगंमा जस्तै गर्ने छौ” भन्दै चिच्याएका थिए ।


क्याटोलोनियाका प्रदर्शनकारी हङकगंमा बनेकोे ईन्फोग्राफिक्स वितरण गरीरहेका थिए कि उनीहरु कसरी पुलिसका वाटर कैनन र अश्रुग्यासबाट रक्षा गर्न सकिन्छ । बार्सिलोनाका एक प्रदर्शनकारीले ं एएफÞपीलाई भने “ मानिस सडकमा हुन जरुरी छ सबै विद्रोह त्यही शुरु हुन्छ, हङकगको उदाहारण लिउ“।

 

जलवायु परिवर्तन
जति पनि प्रदर्शनको बारेमा तपाई सुन्नु हुन्छ , निश्चित रुपमा ती सबैको सम्बन्ध पर्यावरण र जलवायु परिवर्तनसगँ छ ।ं. एक्सटिंक्शन (पृथ्वी के संकटको विरुद्ध Þ) बगÞावती आंदोलनसगँ जोडिएका कार्यकर्ता पूरै विश्वका शहरहरुमा प्रदर्शन गरीरहेका छन् । उनीहरुको माग छ कि सरकारले तुरुन्त केही गरोस् ।

संयुक्त राज्य अमेरिका, ब्रिटेन, जर्मनी, स्पेन, अस्टेलि«या, फ्रांन्स र न्यूजील्याण्डमा प्रदर्शन भएको छ । यसमा प्रदर्शन गर्ने मानिसहरुले आफैले सडकमा मानव श्रृखला बनाएर व्यस्त सडक जाम गर्ने कोशिस गरेका छन् । अ‘ास्ट्रेलियाई कार्यकर्ता जेन मोर्टन भन्छन्, “जब सम्म हाम्रो सरकार जलवायु र पर्यावरणमाथि संकटकाल घोषणा गर्दैन तब सम्म हामीसगँ कुनै विकल्प छैन , किनकि हामी आफैले आफ्नो रक्षाको लागि जरुरी कदम उठाउनु पर्नेछ ।
स्वीडनको एक १६ वर्षे कार्यकर्ता ग्रेटा थनबर्गबाट प्रेरित भएर विश्वभरका विद्यार्थीहरु साप्ताहिक स्कुल हड्तालमा उत्रिन थालेका छन् । पछिल्लो महिना ग्रेटाको अगुवाईमा विश्वव्यापी पर्यावरण हड्तालमा लाखौ मानिसले भाग लिएका थिए । परिणाम स्वरुप मेलबर्न देखि मुम्बई , बर्लिन र न्यूयोर्क सम्म र्याली भयो र केही मानिसले प्रशान्त द्धीप समुहमा पनि प्रदर्शन गरे । एउटा प्लेकार्डमा लेखिएको थियो “हामी आफ्नो शबक छाडीरहेका छौ ताकि हामी तपाईलाई सबक सिकाउन सकौं “

-बिबिसीबाट सम्पादित अंश

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी