प्रहरी चौकीनजिकै निर्माणाधीन सडकको कल्र्भटमा डुबेर एकको मृत्यु

प्रहरी चौकीनजिकै निर्माणाधीन सडकको कल्र्भटमा डुबेर एकको मृत्यु

  • मङ्लबार, कार्तिक ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

इटहरी, ५ कात्तिक। इटहरी–२० तरहराको तरहरा प्रहरी चौकीनजिकै निर्माणाधीन छ लेन सडकको कल्र्भटमा डुबेर आज एकजनाको मृत्यु भएको छ । हाँसपोसा सामुदायिक वन पछाडि बसोबास गर्दै आएका ९० वर्षीय झपडबहादुर बस्नेतको डुबेर मृत्यु भएको तरहरा प्रहरी चौकीले जानकारी दिएको छ ।

तरहराको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको खेतमा घाँस काट्न जाँदा लडेर सडकको नालामा डुबेर उहाँको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सडकमा पानी जमेका कारण यसअघि पनि खनारमा एक बालकको शव फेला परेको थियो ।

यसैबीच इटहरी उपमहानगर–४ बाट बेच्न राखेको पटकासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–४ बस्ने विवेक बराललाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ । उनको घरमा रहेको कास्या ट्रेडर्सबाट ३० बण्डल पटकासहित पक्राउ गरेको हो । सो पटका करीब एक लाख १० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ