महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु

महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु

  • मङ्लबार, कार्तिक ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

महोत्तरी, ५ कात्तिक ।
महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु भएको छ । अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो । कात्तिक शुक्लपक्ष चौथी ९चतुर्थी० का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ ।

सूर्यको उपाशना गरिने छठ पर्वमा चढाइने प्रसाद सामग्रीका लागि गहुँ, चामल धोइ पखालेर सुकाउन थालिएको छ । सूर्यलाई चढाउन बनाइने ठकुवा, भुसुवा ९कसार० र अन्य मिष्ठान्न परिकारको पिठो व्रतालु आफैँले पवित्र मनले जाँतोमा पिध्ने ९पिस्ने० गरिन्छ । त्यस्तै चढाइने परिकारका लागि आवश्यक पर्ने चामल ढिकीमा कुटिएको हुनपर्ने मान्यताले एकपक्ष पहिले नै पर्व विशेषको तयारी गर्नुपरेको मैथिल ९मिथिलाका बासिन्दा० बताउँछन् ।

यसबाहेक अहिले पर्वको तयारीका लागि बाँसको कप्टेरा र चोयाले बनेका छिटी, व्रतविधिका चाल्नु, नाङ्लो र माटाका गाग्रा ९घैँटा०, ढकना, छ्याँचीसहितका समान व्रतालुले जोड्दैछन् । एक÷एक समान शुद्ध र पवित्र हुनपर्ने व्रतको निष्ठाले यो पर्वको तयारी एकपक्ष पहिले नै शुरु हुने गरेको पाका मैथिलको भनाइ छ । पर्वमा नयाँ वस्त्रआभूषण अनिवार्य भएको हुँदा त्यसको जोहोका लागि रकम जुटाउन पनि तयारी निकै अघि शुरु हुने गरेको हो ।

व्रत सामग्रीदेखि व्रतालुको मन, वचन र कर्मसम्म छठका लागि शुद्धीकरण गर्नुपर्ने मान्यता स्थापित छ । मिथिलाको लोकसंस्कृति र परम्परासँग जोडिएको यो पर्वमा व्रतालुमात्र नभएर व्यक्ति÷व्यक्ति परिचालन हुने मिथिला संस्कृतिका विज्ञ बलवा नगरपालिकाको धमौराका बासिन्दा कामेश्वर झा बताउनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ