शुल्कवृद्धिबिरुद्ध कडा संघर्ष गर्ने नौ विद्यार्थी संगठनकाे चेतावनी

शुल्कवृद्धिबिरुद्ध कडा संघर्ष गर्ने नौ विद्यार्थी संगठनकाे चेतावनी

  • सोमवार, कार्तिक ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडाैँ, ४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)लगायत नौ विद्यार्थी संगठनले एमबीबीएस र बीडीएसमा बढाएको शुल्क खारेजीको माग गरेका छन ।

नौ विद्यार्थी संगठनहरूको बैठकले हालै चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडिएसमा बृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेका हुन् । उनीहरुले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्न समेत माग गरेका छन । ‘अहिले सरकारले मेडिकल कलेजहरूमा बढाएको शुल्क तत्काल खारेज गरेर व्यवस्थित गरियोस् । अन्यथा कडा संघर्षमा जाने चेतावनी दिन चाहन्छौं,’ सयुक्तविज्ञप्तिमा भनिएको छ।

यस्तै चाडपर्वमा भइरहेको मुल्य नियन्त्रण गर्ने नौ विद्यार्थी संगठनको माग छ । नेपाली मौलिक कला, संस्कृति र सभ्यता र भाषामाथि विद्यालय तहदेखि नै नियोजित ढंगबाट अतिक्रमण भइरहेको भन्दै उनीहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी