लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए, आर्सनलले आज सेफिल्ड युनाईटेडसँग खेल्ने

लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए, आर्सनलले आज सेफिल्ड युनाईटेडसँग खेल्ने

  • सोमवार, कार्तिक ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

४ कार्तिक, काठमाडौं ।
इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकेको छ । म्यान्चेस्टर युनाइटेडको मैदानमा आइतवार राति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाए ।
तर, खेलको ८५ औं मिनेटमा सब्सटीच्युट खेलाडी एडम लालनाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।
खेल बराबरीमा रोकिएपनि लिभरपुलले अंक तालिकाको अग्रता भने कायमै राखेको छ ।
लिभरपुलले ९ खेलबाट २५ अंक जोडेको छ । जारी लिगमा अघिल्ला ८ खेल जितेको लिभरपुलको यो पहिलो बराबरी हो ।
समान खेलबाट १९ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटी र चौथो स्थानको चेल्सीको समान १७ अंक रहेको छ ।
१५ अंकसहित पाँचौ स्थानमा रहेको आर्सनलले आज राति सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ