नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार प्रधानमन्त्रीले शिलान्यास गर्दै

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार प्रधानमन्त्रीले शिलान्यास गर्दै

  • सोमवार, कार्तिक ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, कात्तिक ४ ।
जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ। चन्द्रागिरि नगरपालिका–१, टोटेपाखामा सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग शिलान्यास गर्ने छन् ।
प्रवेशमार्गसहित ५.५६ किमि सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए ।
जाइकाको ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु भएको थियो । यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
करिब रु ६ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने जानकारी दिदै उनले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको बताए ।
धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि सुरु गरिनेछ ।
चार वर्षमा सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सन्चालन हुनेगरी पहिलोपटक सुरुङमार्ग निर्माण हुन लागेको हो ।
उक्त मार्गमा दुईओटा साना ‘फ्लाइओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए ।
सुरुङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाइओभर’ पनि नेपालकै पहिलो हो ।
सुरुङमार्गका लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेसनसँग सम्झौता भएको थियो ।
निर्माण कम्पनीले साढे तीन वर्षमा काम सक्नेछ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेशमार्गसमेत निर्माण हुनेछ । सोही परियोजनाअन्तर्गत् स्थानीय उत्पादन संकलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ