सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, ३ घाइते

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, ३ घाइते

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, २ कात्तिक ।
सुनसरी, बारा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएका २८ वर्षीय सुजन रेग्मीको मृत्यु भएको छ । दुहवी नगरपालिका(२ स्थित सडकमा को।१ ख ५६७२ नम्बरको बसले स।७ प ७२३८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हाे ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मोरङ घर भएका २८ वर्षीय किरण कठेतको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै  बाराकाे निजगढ नगरपालिका १ सिंगौलमा ना.६ त ९६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय दासा गुरौको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार निजगढ नगरपालिका सिगौंल बस्ने ३५ वर्षीय कृष्ण परियारको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
उता, सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका ७ दुवाचौरमा पनि शनिबार दिउँसो बा.५ ख २९५४ नम्बरको मिनीट्रकको ठक्करबाट सोही ठाउँ बस्ने कृष्ण श्रेष्ठको १३ वर्षीय छोरा राजन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ