गगन थापा लाई खुल्ला पत्र:आलमबारे छिटो मुख खोल्नुहोस्

गगन थापा लाई खुल्ला पत्र:आलमबारे छिटो मुख खोल्नुहोस्

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

गगन सर नमस्कार ,
आराम छु आराम चाहान्छु। 2064 साल मा जतिबेला चाबहिल चोक मा तपाईं उभिएर पत्रकार डेकेन्द्र थापा को हत्या को उजागर गर्दै न्याय माग्दै मतमाग्दै हुनुहुन्थ्यो, ठिक त्यति समय होला मधेस मा नेपाली काङ्ग्रेस जिन्दावाद भन्दै चारतारे झन्डा बोकेर आलाम ले ती निर्दोष मान्छे लाई भट्टीमा पोल्दै रहेछ्न । साहेद यो प्रकृति को हत्या राणा , पन्चायत , माओवादी ले चलाएको 10 बर्ष को युद्ध मा पनि भएको थिएन , यस्तो हत्या को बचावट राजा ले पनि गरेका थिएनन् ।
शायद क्रूरता को इतिहास भन्न पर्‍यो भने हामी जर्मन को हिटलर लाई सम्झने गर्छौ , त्यो युद्ध त्यो युग मा उनले गरेका होलान हिटलर को समय कस्तो थियो जर्मन का जनता ले के भन्छ्न हामी केबल पड्न मात्रै सक्छौ देख्न सकेनौ तर आज आलाम को चारतारे झन्डा को संरक्षण मा भएको यो बीभत्स हत्या ले आज हिटलर र मुसोलनी बिर्साएको छ , फासिबाद खोज्न हिटलर खोज्नु परेन केबल काङ्ग्रेस भित्र नियाले पुग्ने भो हत्या को संरक्षण लाई हेर्न कोतपर्ब , भन्डारखाल पर्व पढ्न परेन केबल नेपाली काङ्ग्रेस गिरिजा , सुशील र देउवा पढे हुने भो , यो घटना ले जङ्गबहादुर बिर्साएको छ , हिटलर को फासिबाद हामिले होइन 21 औ सताब्दी मा जर्मन का बालबालिका लाई नेपाल भन्ने देश छ त्यहीँ प्रजातान्त्रिक आबरण मा यस्तो सम्म हुन्छ भनेर पढ्ने छ्न ।

तपाईं काङ्ग्रेस को मात्रै होइन काङ्ग्रेस बाहेक अरु धेरै युवा हरु ले आसा गरेको नेता हो तपाईं का प्रत्येक भासण लोकतन्त्र लाई बलियो बनाउनु पर्छ भन्ने हुन्छ्न म त्यसको सम्मान गर्छु तर 12 बर्स सम्म हत्यारा आलाम लाई काङ्ग्रेस को संरक्षण मा पालेर राख्ने मात्रै होइन बाराम्बार साम्सद र मन्त्री सम्म बनाएर नेपाल मा कस्तो प्रजातन्त्र स्थापना गर्ने खोजेको हो , यसको उत्तर अरुले खोजेकै छ्न गाउँ का काङ्ग्रेस का कार्यकर्ता ले पनि आज खोजेका छ यस्को उत्तर शेरबहादुर ले मात्रै दिएर हुदैन प्रत्येक लाई प्रश्न गर्ने गगन लाई यो घटना प्रती तपाईंको मौनता लाई सबैले प्रश्न गरेका छ्न ।
डेकेन्द्र थापा देखि गङ्गा मायाको अनशन सम्म तपाईं जानू भएको छ त्यहाँ को बारेमा सडक देखि सदन सम्म आवाज उठाउनु भएको छ , आलाम ले गरेको यो बीभत्स हत्या को बारेमा आजसम्म किन बोल्नु भएन , विषयबस्तु अत्यन्त खोजेर उजागर गर्ने तपाईंको क्षमता चारतारे झन्डा मुनि भएको यो हत्य खोज्न किन क्षमता पुगेन कि अरु ले गरेको हत्या काङ्ग्रेस ले गरेको हत्या काङ्ग्रेस का विरुद्ध भएको षड्यन्त्र देख्नु भएको छ  ?  , त्यसो हो भने तपाईं गम्भीर भुल हो हत्यारा पाटी को हुदैन हत्या लुकाउन पाटिलाइ प्रयोग गरिरहेको मात्रै हुन्छ,गगन जि छिटो मौनता तोड्नुहोस मुख खोल्नुहोस ती पिडित लाई न्याय दिलाउन लाग्नुहोस त्यसपछि मात्रै डेकेन्द्र थापा को आमा लाई न्याय चाहियो भनेको सुहाउने छ नत्र तपाईं ले भन्ने गरेको राजनीतिमा हिंसा कोअन्त कुरा आलाम बस्त्र मा अन्त्य हुनेछ ।
                                                                            -तपाईंको शुभेच्छुक नेत्र चापागाई

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी