चीनीया अभिनेत्री सु नेपाल भ्रमण बर्षको सद्भावना दुत नियुक्त

चीनीया अभिनेत्री सु नेपाल भ्रमण बर्षको सद्भावना दुत नियुक्त

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

२ कार्तिक, काठमाडौं । चिनियाँ अभिनेत्री सु चिङलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो ।

कार्यक्रममा चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुशी लागेको प्रतिकृया दिईन् ।
पर्यटनमन्त्री योगेश भट्टराईले नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै भने, ‘चिङ भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो । आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्नुहुनेछ ।’
सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी