कार्तिक २ काठमाण्डौं । विविसीको जागिर छाडेर साझा पार्टी बनाएका रवीन्द्र मिश्रले मानिस जिउदै जलाएको आरोपमा पक्राउ परेका सासद अफ्ताव आलमको गिराफ्तारी काग्रेस विरुद्ध षड्यन्त्र भन्ने सभापति शेर बहादुर देउवाले शुक्रबार दिएको प्रतिकृयाको विरोध गर्दै आफ्नो पार्टी नेतृत्वमा आए पछि सुसासन जेलमा बसेर टिभीमा हेर्नुहोला भन्दै सांकेतिक चेतावनी दिएका छन् ।
देउवाद्धारा आलमको बचाउ भनेर सार्वजनिक भए पछि अनलाईनखबरमा तस्वीर सहित छापिएको समाचारको स्क्रीन सट हाल्दै मिश्रले देउवाको नाम नलिईकन चेतावनीको भाषामा लेखेका छन् “ मानवता विरुद्धका अपराधीहरु ,अपराधीलार्ई जोगाउनेहरु ,भ्रष्टाचारी र देश दोहनकारीहरु,पर्खिनोेस्, अब धेरै वर्ष लाग्दैन , साझा पार्टी नेतृत्वमा आए पछि शुसासन कस्तो हुन्छ , जेलमा बसेर टेलिभिजन हेर्नुहोला ”।

६४ सालमा रौतहमा बम विष्फोटमा घाईते भएका नागरिकहरुलाई ईट्टा भट्टामा जिउदै जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका काग्रेस सासद आलममाथि अनुसन्धान जारी रहेको बेला काग्रेस नेताहरुले षड्यन्त्र भएको टिप्पणी गरेका थिए ।