प्रचण्डको बोलीः असिनाको गोली ?

प्रचण्डको बोलीः असिनाको गोली ?

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

-एन्डीज शर्मा
प्रचण्ड एउटा युग निर्माण गरेका व्यक्तित्व हुन् । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ४६ वर्ष सम्म पनि नेपालमा जनवादी क्रान्तिको कुरा उठ्ने तर छिटफुट घटना र विद्रोह बाहेक संस्थागत लामो संघर्ष नभएको पृष्टभूमिमा उनको पहलमा ५२ सालदेखि जनयुद्ध शुरु गर्नु र १० वर्षमा त्यसले ठूलो उथलपुथल ल्याउनु असाधारण बिषय हो । हो त्यो युद्ध जसमा धेरै राम्रा नराम्रा घटना र हजारौ नागरिकको ज्यान जानुकाबीच पनि त्यसले निरकुश सामन्ति राजतन्त्रको जग हल्लाउने काम गर्यो । र आजको परितर्वनका लागि त्यसको भूमिका बढी छ नै । तर पछिल्लो समय खास गरी शान्ति सम्झौतामा आउने बेलादेखि प्रचण्डको बोलीमा आउने तीव्र उत्तारचढाव अनौठो प्रकृतिको देखिन्छ ।
०६३ साल असार २ गते तात्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालासगँ भेट गरेर ८ बुदे समझदारी भएका बेला नेपाली सेनालाई बलात्कारी भने पछि उनको अभिव्यक्ति विवादमा आउन थालेको थियो अलि ठूलो मात्रामा । पछि त्यसलाई उनले करेक्सन गरे ।
जानेबुझेकाहरु भन्छन् जो भेट्न गए पनि प्रचण्डले हुदैन, सकिदैन भन्दैनन् तर बोलेको काम केही पनि हुदैन व्यवहारीक बिषयमा पनि । संविधान सभाको निर्वाचन पछि कहिले गिरीजा प्रसाद कोईरालालाई राष्ट्रपति बनाउने बिषयमा सहमति जनाउने, कहिले माधव कुमार नेपाल, कहिले सहाना प्रधान त कहिले रामराजा प्रसाद सिंहलाई उचाल्ने गर्दा उनको रणनीति फेल भयो र काग्रेसका रामवरणले यो पद हात पारे ।
त्यस पति तात्कालीन सेनाप्रमुख रुकमाङगत कटुवाललाई को हो त्यो कटुवाल भन्दै खुल्ला मञ्चबाट चूनौती दिए , अन्ततः तिनै कटुवाल प्रकरणका कारण उनले गणतन्त्रको प्रथम निर्वाचित प्रधानमन्त्रीको कार्यकाल ९ महिनामै अन्त्य गर्न बाध्य बनायो ।
त्यस पछि माधव कुमार नेपाल प्रधानमन्त्री भए उनलाई बर्खास्त गराउन भन्दै आन्दोलन हुने क्रममा नोकरसगँ हैन सिधै मालिकसगँ बार्ता गर्ने भन्दै भारततर्फ ईसारा गरे । तर अन्ततः त्यो आन्दोलन त्यतिकै तुहियो ।
कहिले देब्रे खुट्टा चाल्ने, कहिले दाहिने खुट्टा चाल्ने गरेर उनले काग्रेस, एमाले , मधेशवादी सबै शक्तिलाई प्रयोग गर्ने र साठगाठ गर्ने कुरामा उनी व्यक्तिगत रुपमा सफल भएको देखिन्छ ।
त्यसै गरी सविधान जारी हुदाँ १४ प्रदेश, कहिले ११ प्रदेशमा सहमति हुने , भत्किने क्रम चलिरहेका बेला आदिवासी जनजातिहरुलाई आन्दोलनमा जान उकासे ।
फेरी खस क्षेत्री हामी पनि आदिवासी भन्दै उनको निवासमा पुगे उनीहरुलाई पनि तपाईहरको कुरा ठीकैछ भने ।
स्थानीय र प्रदेश निर्वाचनमा उनले काग्रेस र एमाले दुवै शक्तिलाई पालै पालो प्रयोग गरे । र अन्ततः प्रदेश निर्वाचन पछि भने आफ्नो शक्ति माओवादीको अस्थित्व निकै कमजोर हुने धरातलीय यथार्थता अनुभूति गरे पछि उनले एमालेसगँ पार्टी मिलाए र एउटा अध्यक्ष पद लिएर बसेका छन् ।
यस बीचमा उनी दिनहु जसो देशका विभिन्न भागमा एउटा न एउटा कार्यक्रममा पुगिरहेका हुन्छन् बोलिरहेका हुन्छन् । कहिले उनी फेरी जंगल जान तयार छु भन्छन् , कहिले उनी हेग गए झन हिरो हुन्छु भन्छन् , कहिले ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि निकाल्ने भन्छन् । कहिले फेरी आन्दोलन गर्ने ईच्छा छ भन्छन् । पछिल्लो समय चाही पार्टी भित्र ग्याष्ट्रीक र अल्सर भएको छ अब उपचार नगरे क्यान्सर हुन्छ र सकिन्छ भन्दैछन् । यो चाही पछिल्लो चितवनको अभिव्यक्ति हो ।
त्यसै गरी काग्रेसका चियापानमा जादा उनले भनि हाले सहकर्मिकैमा आएको जस्तो महसुस भएको छ , हेर्दै जाउँ राजनीतिले कसरी कोल्टे फेर्छ ? यो भनेको के हो ? के फेरी उनले पटक पटक भन्दै आएको जस्तो सरकार आधा आधा समय चलाउने लिखित सहमति भएको छ ओली कमरेडसगँ त्यसो नभए गंभीर हुन्छ । त्यसको सारथी फेरी काग्रेस हुनेछ भन्न खोजिएको हो ?
प्रचण्डको पछिल्लो अभिव्यक्ति जस्तो पार्टी भित्र देखा परेको असन्तुष्टी र अन्तरविरोध के प्रचण्डले भनेकै आधारमा समाधान हुन्छ त ? उनले आफैले जन्माएका नेताहरु त टिकाउन सकेनन् । मोहन बैद्य, विप्लव, वावुराम भट्टराई जस्ता आफ्ना सहकर्मीहरुको असन्तुष्टी त सवोधन गर्न नसकेर उनीहरुको साथमा अघि बढ्न नसकेका प्रचण्डलाई केपी ओली , माधव कुमार नेपाल , झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेलहरुले सजिलै पत्याईदेलान त ? अहँ यो त्यति सजिलो बिषय होईन ।
उनले जनयुद्ध कालदेखि नै जति सजिलै बाबुराम बैद्य हरुलाई उचाल्ने लडाउने र फेरी मिलाउने काम गर्थे । त्यो अनुभवजन्य प्रयास उनले अहिले पनि गर्न सक्छन् तर त्यो दीर्घकालिक होला जस्तो लाग्दैन ।
त्यसै गरी अध्यक्ष प्रचण्डले पार्टी नेता कार्यकर्ताको जीवनशैली साच्चै समाजवादी कम्युनिष्ट जस्तो छैन । भड्कीलो हुदै गएको पूजिपति वर्गको जस्तो भएको बताउदै आएका छन् । यदी त्यसो हो भने सबै भन्दा पहिले तपाईले जंगलबाट शहरमा बसाई सरेपछि शुरु गरेको आलिसान जीवन त्यागेर सादा होचिमिन्ह वा महात्मागान्धीको जस्तो जीवन जीउन किन शुरु नगरेको ? तपाई आफै कहिले लाजिम्पाट दरबार र अहिले खुमलटार महल किन रोजिरहनु भएको छ ? तपाई छोरीलाई मेयर, बुहारीलाई मन्त्री बनाउन तत्पर हुनुहन्छ तर जनयुद्धका घाईते अपांग, बेपत्ता, शहीदहरुको नजिक किन पर्न चाहनुहुन्न ?
विवादीत व्यापारी र ठेकेदारहरुको नाम तपाईसगँ जोडिन्छ किन ?
त्यसैले कमरेड अध्यक्ष परिवर्तन साच्चै खोजेको हो भने तपाईले त्याग आफैबाट शुरु गर्नु पर्छ । नत्र तपाईका अभिव्यक्ति केवल असिनाको गोली जस्तो हुनेछ । आकाशबाट खस्दा बज्रजस्तो भुईमा खसे पछि एकै छिनमा बिलाउने । त्यही भएर युद्धकालमा तपाईलाई हेर्न , तपाईका कुरा सुन्न कति मान्छे लालायित हुन्थे । तर अहिले तपाई बोलेको समाचार देख्यो भने धेरै मान्छे गाली गर्ने र धारे हात लाउन थालेको देखिन्छ । बेलैमा सचेत हुनु राम्रो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी