महराको रोग बढदै , बयान लिन सकेन प्रहरीले

महराको रोग बढदै , बयान लिन सकेन प्रहरीले

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

कार्तिक १ काठमाण्डौं । रोसनी शाहीमाथि बलात्कार प्रयासको मुद्धामा थुनामा रहेका पूर्व सभामुख कृष्ण बहादुर महराको श्वास्थ्य अबस्था खराब बन्दै गएको छ ।
१९ गते पक्राउ परेका महरा रक्तचाप जस्ता समस्या देखिए पछि नर्भिकमा भर्ना भएका थिए ।
भर्ना भएकै बेला केही दिन अघि अदालतमा ल्याएर म्याद थपिएका महराको मुटुमा जटिल समस्या देखा परेको अस्पतालले जनाएको छ ।
मुटुको समस्या बढे पछि उनलाई सिसीयुमा भर्ना गरेर एनजीओग्राम गरिएको छ । उनलाई अहिले जनरलवार्डबाट सिसियुमा भर्ना गरिएको छ ।
अझै पनि रक्तचाप नघटेको चिकित्सकहरुले बताएका छन् ।
यसैबीच महराको १३ दिनको म्याद भोलि सकिदैछ । बयान नलिईकन म्याद थप्न कठिन हुने भएकाले प्रहरीले सरकारी वकिल कार्यलय मार्फत भोली महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ