राजपुरका पिडित भन्छन्- आलम जेल नगएसम्म छोराको किरिया गर्दिन

राजपुरका पिडित भन्छन्- आलम जेल नगएसम्म छोराको किरिया गर्दिन

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

रौतहट, २ कार्तिक । रौतहटको राजपुरमा १२ बर्षअघि भएको बम कान्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म मारिएको छोराको काजकिरिया गरेका छैनन् ।

अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । राजपुर बम कान्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए ।

‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन । कसरी काजकिरिया गर्ने’, आँखाभरी आँशु पार्दै श्रीनारायणले भने, न्याय पाउनुपर्‍यो, जिउँदै छ भने देखाइदिनुपर्‍यो ।’

२०६४ चैत्र २७ गते साँझ बम विस्फोटमा छोरो मारिएको अनौपचारिक जानकारी प्राप्त भएको र आफूले १२ बर्षदेखि सर्बोच्च अदालतसम्म धाएर न्याय खोजिरहेको बताउँदै सिंहले अब भने न्याय पाउने र छोराको काजकिरीया गर्न पाउने आशा गरेका छन् । नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ