कार्तिक १ जनकपुर । प्रतिनिधिसभाका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा छाड्न आदेश दिएको हो । बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा साहविरुद्ध परेको मुद्दामाथि शुक्रबार न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहाइको आदेश दिएका थिए ।
साहबिरुद्ध चलाइएको मुद्दा बिहीबार जिल्ला अदालतमा पेस गरिएको थियो ।काठमाडौं उड्न सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोकमा बुद्ध एयरको काउन्टरमा लात्ती हानेका थिए । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थियो ।
सांसद साहविरुद्ध हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline