कार्तिक १ दाङ । दाङको राजपुर ४ मुग्रेंखोलाबाट बुधबार राति पक्राउ परेका नेकपाका मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द बीरजंग सहित २१ नेता कार्यकर्तालाई आज म्याद थपका लागि जिल्ला अदालत लाने प्रहरीले तयारी गरेको छ ।
आज म्याद थप गर्ने क्रममा प्रहरीले हातहतियार, विष्फोट, चन्दा आतंक जस्ता मुद्धा दर्ता गर्ने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ ।
डिएसपी विनोद विक्रम शाहले आज नेता कार्यकर्ताहरुलाई सार्वजनिक गर्ने र अदालत लाने कुरा मिर्मिरेलाई जानकारी दिए । विहान ११ बजे सम्म सार्वजनिक गर्ने र अदालत लाने कुरा उनले बताए ।
प्रहरीले बैठक बसिरहेका बेला हस्तक्षेप गरी पक्राउ गरेका नेता कार्यकर्ताहरुमा ः
१ चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
२) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) जिल्ला ईन्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल–वुद्धिजिवी
९) एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) (एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११) तिलक पुन (पूर्व जनमुक्ति सेना
१२) सुरज विक (दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका (पार्टी सदस्य
१४) पोष्टमान घर्ती (रोल्पा जिल्ला सदस्य
१५) दलबहादुर खत्री
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री १९) रमेश आचार्य
२०) बिष्णु थापा
२१) कुलबहादुर ओली रहेका छन् ।