लुट्नकै लागि गाेली प्रहार गरी हत्या, भारतीय नागरिक पक्राउ

लुट्नकै लागि गाेली प्रहार गरी हत्या, भारतीय नागरिक पक्राउ

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

असोज ३० काठममाण्डौं । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित बैकुण्ठपुरमा २९ साउनमा महेन्द्र कुर्मीमाथि गोली प्रहार गरी हत्या गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन् । घटनाका मुख्य अभियुक्त भारतको उत्तर प्रदेश राज्य गोरखपुर जिल्लाका ४० वर्षीय मनिष हरिजन (चमार) रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेम बहादुर थापाले बताए ।

प्रहरी उपरीक्षक थापाका अनुसार अनुसन्धानको क्रममा कुर्मीकाे हत्यामा तीन जनाको संलग्नता रहेको पत्ता लागेकाे थियाे । तीन जना मध्ये पक्राउ परेका अभियुक्त हरिजन सुटर हुन् । यस्तै एक जना योजनाकार र एक जना सहयोगीसमेत रहेका छन् । उनीहरू दुवै जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

प्रहरी उपरीक्षक थापाले फरार दुई अभियुक्तकाे पनि पहिचान भएकाे बताए । उनले भने, ‘भारतीय नागरिक भएकाले पक्राउ अलि दिन लाग्न सक्छ ।’

महिनाको अनुसन्धानपछि पक्राउ

घटना भएको दोस्रो दिन रुपन्देहीमा प्रहरी प्रमुख भएर उपरीक्षक थापा पुगेका थिए । उनकै टाेलीले करिब एक महिना अनुसन्धान गरेपछि अभियुक्त नजिक पुगेको थिए । प्रहरीले २९ असाेजमा सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवा फूलपुर क्षेत्रलाई घेराबन्दी गरी जाँच गर्ने क्रममा अभियुक्त हरिजन पक्राउ परेका हुन् । उनी युपी ५३ डिबी ९९८३ नम्बरकाे मोटरसाइकल भारतबाट नेपाल आउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।
लुट्नकै लागि हत्या

प्रहरीका अनुसार उक्त घटना लुटपाटकै उद्देश्यले भएको देखिएको छ । अनुसन्धानको क्रममा घटना हुने दिनकाे सिसिटिभी फुटेजलगायतकाे अध्ययन गरिएकाे थियाे । साे अध्ययनमा अभियुक्तहरु बैंक भित्रदेखि नै मृतक कुर्मीको पिछा गरेका देखिन्छ । उनकाे साथमा श्रीमती र दुधे बालक देखेपछि रकम लुट्न अभियुक्त पिछा गरेको देखिएको हाे ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले दिएको बयानमा लुटपाट मात्र गर्ने उद्देश्य रहे पनि कुर्मीले प्रतिकार गरेपछि हत्या भएको हो । उनीहरूले पाँच लाख रुपैयाँ लुटेका थिए । अभियुक्तहरूले कुर्मीकी श्रीमती र बालकलाई मोटरसाइकलबाट धकेलेर गोली हानेका थिए ।

नया पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ