उदयपुर असोज ३० । फेसबुक सूचना सञ्चार मनोरञ्जन र विचार आदान प्रदान गर्ने जति सजिलो माध्यम बनेको छ त्यतिनै अर्कोतिर यसले समाजमा धेरै नकारात्मक विकृतिहरुलाई जन्माईरहेको छ ।
फेसबुकमा भएको चीनजान पछि सम्पर्क र अवैध सम्बन्ध हुदै अन्ततः दुई जनाको ज्यानै जाने सम्मको घटना भएको छ उदयपुरमा ।
उदयपुरको त्रियुगा नगरपालिका ९ राजावास चौकीबारीकी गोमा भनिने शारदा कुमारी चौधरी र उनकी ६ वर्षकी नाबालक छोरी रचना कुमारी चौधरीको हत्या यही फेसबुकको बिकृतिको परिणतिको रुपमा देखा परेको छ ।
सिराहा लाहान ८ मटेरुवाका रामहरी शाह हलुवाई र शारदाबीच २०७३ सालदेखि फेसबुकमा चीनजान भएको थियो । शारदाका श्रीमान् तीन वर्षदेखि बैदेशिक रोजगारीमा छन् ।
यौ मौका छोपेर शाहले घरकी श्रीमति छाडेर शारदासगँ अनैतिक सम्बन्ध कायम गरे । त्यो कुरा उनको घरमा थाहा भएर घरबाटै खेदिए पछि उनी उदयपुरमै बसेर शारदासगँ झन नजिक भएर सम्बन्ध राखे ।
यस्तो सम्बन्ध बढ्दै गए पछि शाहले शारदालाई विवाहका लागि प्रस्ताव गरेको र नमानेको बताए । उनले दशै अघि नै हत्या गर्ने योजना बनाए पनि मौका नमिलेकाले दशैको बीच पारेर २४ गते हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
शाहले तीन वटा सिम झिकेर शारदाई दिएको खुलेको प्रहरीले जनाएको छ । शाहलाई धरान र प्रदेश कार्यलयबाट असुन्धान गर्ने कुकुर र अनुसन्धानमा दक्ष टोली ल्याएर अनुसन्धान गरिएको पत्रकार सम्मेलनमा प्रहरीले बताएको छ ।
अभियुक्त साहले गत २४ गते साँझ ७ बजेतिर उदयपुरको त्रियुगा नगरपालिका– ९ राजाबास चौकीबारीकी २८ वर्षिया गोमा भनिने शारदाकुमारी चौधरी र उनकी कान्छी छोरी ६ वर्षिया रचनाकुमारी चौधरीलाई घरमा नै धारितलो हतियार प्रयोग गरि घाँटी रेटि हत्या गरेको अबस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताए । मृतक आमाछोरीलाई घर भित्रको भर्याङ्मुनी हत्या गरेको अबस्थामा प्रहरीले शब भेटाएका थिए ।
घटनाको अनुसन्धानका लागि धरानबाट कुकुर सहितको अपराध अनुसन्धान टोली र प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट बिशेष टोली झिकाएर अनुसन्धान गरिएको एसपी मगरले बताए । मृतकको श्रीमान् सिताराम चौधरी बिगत तीन वर्ष देखि बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा थिए । उनको १२ वर्षिय जेठी छोरी भावना चौधरी भने अघिल्लो दिन मृतककी बहिनी सानीमासँग मामाघर गएकी थिइन् ।
घटना लगतै जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसीलाई अनुसन्धान अधिकृत तोकि काम अघि बढाएको जनाएका छन् । प्रहरीले घटना भएको ६ घण्टा भित्रै साहलाई पक्राउ गरेको भएता पनि अनुसन्धान प्रक्रिया पुरा गर्न लामो समय लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगरले जानकारी दिए । लहान नगरपालिका– ८ मटेरुवा स्थायी घर भएका ४० वर्षिय रामहरी साह ०७६ बैशाख देखि उदयपुरको त्रियुगा नगरपालिका– ३ मोतिगडास्थित सुर्य गिरीको घरमा कोठा भाडा लिएर जेरी पुरीको पसल गर्दै आएको थिए ।
हत्या हुने दिन मलेशियाबाट श्रीमानले पैसा पठाएको र पैसा निकालेर घर गएकी उनलाई साहले हत्या गरि उनले लगाएको कानको रिङ, समेत प्रहरीले साहको कोठाबाट बरामद गरेको थियो ।