सोज ३० एजेन्सी । अहिले सबै महादेशमा कतारमा हुने विश्वकप २०२२ को विश्वकप फुटबल छनौट खेलहरु भईरहेका छन् ।
यसैक्रममा मंगलबार उत्तरकोरीया स्थित किम ईल सुगं रंगशालामा भएको खेलमा कुनै पनि पत्रकार , दर्शकलाई प्रवेश गर्न नदिई खेलाईएको भन्दै यो विषय फिफामा उठाउन सक्ने दक्षिण कोरीयाको फुटबल संघले चेतावनी दिएको छ । दुई शत्रुतापूर्ण सम्बन्ध रहेका देशहरुबीचको खेल छाया युद्ध जस्तो भएको दक्षिणका खेलाडीहरुको धारणा छ ।
तनावपूर्ण खेल भने गोल रहित बराबरीमा टुंगिएको थियो । दक्षिण कोरीयाबाट गएका सञ्चारकर्मीलाई प्रवेश गर्न दिईएन र प्रत्यक्ष प्रशारण पनि गरिएन ।
दक्षिण कोरीयाका खेलाडीहरु आफ्नो देश फर्किए पछि आज पत्रकारहरुसगँ उक्त कुराको जानकारी दिएका हुन् ।
फिफाका अध्यक्ष गियानी ईन्फान्टिनो पनि सो म्याचमा उपस्थित थिए र उनले वक्तव्य दिदै त्याहाँ कुनै दर्शक नभएकोमा असन्तुष्टी जनाए ।
उत्तर कोरीयाको आधिकारीक समाचार संस्था केसीएनएले खेलको रिपोर्ट मात्र प्रकाशित गरेको थियो ।
उत्तर कोरीयाले दक्षिण कोरीयाका खेल अधिकारीहरुलाई खेलको भिडियोको डिभीडी हस्तान्तरण गरेका थिए ।
