मासिक ४० लाख बढी पारीश्रमिक लिने गरी सन्दीप लामिछाने कर्नाटकाबाट खेल्ने

मासिक ४० लाख बढी पारीश्रमिक लिने गरी सन्दीप लामिछाने कर्नाटकाबाट खेल्ने

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

असोज ३० काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले यस सिजनको टी–१० लिग कर्नाटका टर्स्कर्सबाट खेल्ने भएका छन्। यसका लागि उनले मासिक ४० हजार डलर प्राप्त गर्नेछन् । यो भनेको नेपालको ४० लाख भन्दा बढी हो । उनले गत वर्ष ३० हजार डलरमा खेलेका थिए ।
बुधबार राति अबुधावीमा भएको ड्राफ्टमा सन्दीपलाई कर्नाटकाले पहिलो चरणमै आफ्नो टिममा आबद्ध गरेको हो ।
सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए।
सन्दीपको टिम कर्नाटकामा दक्षिण अफ्रिकाका ब्याट्सम्यान हसिम अमला आइकोनीक खेलाडीको रुपमा आबद्ध छन्।
यस्तै वेस्ट इन्डिजका इभिन लेविस, जोनसन चार्ल्स, फाबियन एलन र मार्लोन स्यामुयल्स पनि कर्नाटकामा आबद्ध भएका छन्। अफगानिस्तानका साइपुर जार्डान र युएईका सिकन्दर राजा पनि सन्दीपको टिममा छन् ।

प्रतियोगिता अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ