काठमाण्डौं असोज ३० । सडकबाट सवारीमा निस्कदा चर्को जाम भयो भनेर सरकारले डेढ अर्ब भन्दा बढी रकम खर्च गरेर राष्ट्रपतिका लागि हेलिकोप्टर खरीद गर्यो । बुधबार म्यानमार प्रस्थान गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकोप्टरबाटै बिमानस्थल पुगिन् ।
तर अरु बेला जसरी राष्ट्रपति सवार हुदाँ सडकमा यात्रुले सास्ती पाउथे । त्यो कम भएन ।
कारण राष्ट्रपतिलाई विदाई गर्न जादा उपराष्ट्रपति पुनको सवारी हुने र उनको लागि पनि दुवै तिर सडक खाली गराउदा फेरी पनि जाम उस्तै ।
यस्तो देखिए पछि सर्वसाधारणलाई सास्ती कम हुने उपाय अर्को देखिएन ।
बुधबार बिहान सवा १० बजेदेखि सवा ११ बजे सम्म लैनचौर, गैरीधारा रातोपुल गौशाला एयरपोर्टको रुटमा सवारी साधन चल्न रोकेको थियो ।
आखिर राष्ट्रपति जादा उपराष्ट्रपतिका लागि उत्तिनै समय सडक जाम हुने नै हो भने महंगो हेलिकोप्टर खरीद गरेर के उपलव्धि भयो त ? आलोचकहरु प्रश्न गर्छन् ।