असोज २९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सम्पन्न व्यक्तिहरुले मात्र सरकारले केही गरेरन भनेर आलोचना गरेको तर जनताको निम्ती सरकारले धेरै काम अघि बढाएको बताएका छन् ।
नेकपाद्धारा दशै तिहार ेपाल संवत तथा छठको अवसरमा भृकुटीमण्डपमा आयोजित चियापानमा प्रधानमन्त्री ओलीले वृद्धा भत्ता बढेको र बृद्ध बृद्धाहरु खुसी भएको,पुलहरु बनेको , बाटो भनेको , चीनीया राष्ट्रपतिको भ्रमण भएको जस्ता कुराहरुलाई उठाउदै काम भएको दावी गरे ।
गरीब नागरिकको बैंकमा खाता हुनु , विद्युतमा जनताको लगानी जस्ता प्रसंग निकाल्दै उनले सरकारको काम नदेख्नेहरुलाई आँखा खोलेर हेर्न भने ।
चुनावका बेला तित्तता भए पनि अब सबै दल मिलेर अघि बढ्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले समृद्धिको यात्रामा परिवर्तन पक्षधर सबै एक हुनु पर्ने बताए ।
चीन र भारत जाड्ने पुलको काम नेपालले गर्न सक्ने र त्रिदेशीय साझेदारीको कुरा आफूले पहिला नै उठाएको भन्दै अहिले त्यो एजेण्डा आउदा आफूलाई खुसी लागेको उनले बताए ।
त्यसै गरी चियापानमा काग्रेस सभापति शेर बहादुर देउवाले सबै दल मिलेर राष्ट्रिय आवस्यकता पूरा गर्न ढिला गर्न नहुनेमा जोड दिए ।
काग्रेस उपसभापति रामचन्द्र पौडेलले एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नहुने भन्दै छिट्टै विधि अनुसार सभामुख उपसभामुख चयन हुनु पर्ने बताए ।
चियापानमा अन्य विभिन्न दलका नेता कार्यकर्ता, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।
यसैबीच प्रतिपक्षी राजपाले भने नेकपाको चियापानमा सहभागी भएन । सासद पक्राउ लगायतको विरोध गर्दे आएको राजपाले सरकार निरकुश बन्दै गएकाले चियापानमा नगएको टिप्पणी गरेको छ ।