असोज २९ काठमाण्डौं । यही असोज महिना भित्रै पूर्व सभामुख कृष्ण बहादुर महरा सहित तीन सासद पक्राउ परीसकेका छन् विभिन्न मुद्धामा ।
महरा बलात्कार प्रयासको मुद्धामा हिरासतमा असोज १९ गते देखि रहेका छन् भने काँग्रेस सासद मोहम्मद अफ्ताव आलम रौतहटमा मानिस जिउदै जलाएको मुद्धामा रौतहट हिरासतमा रहेका छन् ।
त्यसै गरी राजपाका सासद प्रमोद शाह जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा हिरासतमा रहेका छन् ।
तीन सासद हिरासतमा रहेका बेला दोलखाका सत्तारुढ नेकपाका सांसद पार्सद गुरुङ विरद्ध पक्राउ पूर्जी जारी भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनकाक्रममा भएको घटनामा काठमाडौं जिल्ला अदालतले जारी गरेको पुर्जीअनुसार दोलखा जिल्ला प्रहरी कार्यालयले गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
स्थानीय तह निर्वाचनपछि दोलखाका तत्कालीन माओवादी कार्यकर्ता वीरध्वज खड्कामाथि काठमाडौैंमा आक्रमण भएकामा खड्काले गएको वैशाखमा सांसद गुरुङविरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।
काठमाडौं जिल्ला अदालतले गएको भदौमा सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन आदेश दिएकामा उनी उपस्थित नभएपछि अदालतले यही असोज ८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
सोही आदेशानुसार दोलखा प्रहरीले सांसद गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।