असोज २८ काठमाण्डौं । विश्वकप २०२२ को छनौट अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपालले आज बलियो प्रतिद्धन्दी जोर्डन विरुद्ध उसैको भूमिमा खेल्दै छ ।
अवे अन्तर्गत हुने खेल नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुने छ । जोर्डन विरुद्धको खेलमा पहिलो रोजाईका ११ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।
जस अनुसार कप्तान किरण चेमजोगंले गोलपोष्ट सम्हाल्ने छन् भने डिफेन्समा अनन्त तामागं,सुमन अर्याल, देवेन्द्र तामागं र दिनेश राजवंशीले रक्षा पक्ति सम्हाल्ने छन् ।
यसै गरी मिडफिल्डमा रोहित चन्द,अन्जन विष्ट,सुजल श्रेष्ठ,सन्तोष तामागं र रवी पासवानले सम्हाल्ने छन् । फरवार्डमा विमल घर्तीले जिम्मेवारी पाएका छन् ।
नेपाल कम्तीमा जोर्डनलाई बराबरीमा रोक्ने उदेश्य सहित मैदानमा उत्रने प्रशिक्षक योहन कालीनको तयारी छ ।
फिफा बरियतामा नेपाल १ सय ६१ स्थानमा छ भने जोर्डन ९८ स्थानमा रहेको छ ।
यस अघि जोर्डन सगँ २३ जुलाई २०११ मा भएको छनौट चरणकै खेलमा उसकै भूमिमा ९ गोल खाएको नेपालले दशरथ रंगशालामा जुलाई २८ मा एक एक गोलको बराबरी खेलेको थियो । त्यतिखेर नेपालका लागि भरत खवासले गोल गरेका थिए ।
यस अघि भएका खेलमा नेपाल अष्ट्रेलियासगँ ५ शुन्य गोलले पराजीत भएको थियो भने कुवेतसगँ ७ शुन्यले हार व्यहोर्न बाध्य भएको थियो ।
चाईनिज ताईपेईलाई भने नेपालले उसकै भूमिमा २ शुन्यले हराएर ३ अंक जोडेको छ ।