नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काद्धारा राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काद्धारा राजीनामा

  • मङ्लबार, अशोज २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

असोज २८ काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानको जिम्मेवारी आजैबाट त्यागेको घोषणा गरेका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।
‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ पारसले विज्ञप्तिमा भनेका छन्, ‘नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो।’  उनी नेपालको टी-२० तथा एकदिवशीय दुवै टोलीका कप्तान थिए।
२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए ।  उनले कप्तान छाडे पनि राष्ट्रिय टोलीबाट केही समय खेल भने खेल्ने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ