-बासुदेव नाथ
पशु विकास अधिकृत
राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्र्यालय
हरिहरभवन, ललितपुर
परिचय:
सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ । सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखित, सामाग्री वा सो निकायको काम कारवाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपी प्राप्त गर्ने, सार्वजनिक महत्वको निर्माण कार्य भैरहेको स्थलको भ्रमण र अवलोकन गर्ने, कुनै सामाग्रीको प्रमाणित नमूना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएका सूचना त्यस्तो यन्त्रमार्फत प्राप्त गर्ने अधिकारलाई समेत जनाउछ ।
सूचना मागकर्तालाई सूचना उपलब्ध गराउने अधिकारीलाई सूचना अधिकारी भनिन्छ । सूचना अधिकारी जति सूचनामैत्री एवम् जनसहयोगी हुन्छस सूचनाको हक कार्यान्वयनमा त्यति नै सहज हुन्छ भने जति सूचनामैत्री नहुने तथा जनसहयोगी नहुने हुन्छस सूचनाको हक कार्यान्वयनमा त्यतिनै असहज हुन्छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ मा प्रत्येक सार्वजनिक निकायमा सूचना अधिकारी हुनुपर्ने व्यवस्था गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६९१०ले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने दायित्व सूचना अधिकारीको हुने भन्ने उल्लेख छ । सूचनाको हक कार्यान्वयनमा सूचना अधिकारीको सबै भन्दा बढी र महत्वपूर्ण भूमिका रहेको कुरा ऐन कानूनले सूचना अधिकारीको दायित्व एवं काम, कर्तव्य र अधिकारबाट प्रष्ट छ ।
सूचना अधिकारीको दायित्व :
नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्ने गराउने ।
सूचनाको वर्गीकरण र अद्यावधिक गरी समय समयमा सार्वजनिक, प्रकाशन तथा प्रसारण गर्ने गराउने ।
सूचनामा नागरिकको पहुंच सरल र सहज बनाउने ।
आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रुपमा गर्ने ।
उपयुक्त तालिम र प्रशिक्षणको व्यवस्था गर्ने ।
सूचना अधिकारीको काम, कर्तव्य र अधिकार :
ऐन बमोजिम प्रवाह गर्न मिल्ने र नमिल्ने सूचना भए प्रवाह गर्न मिल्ने सूचना छुट्टयाएर निवेदकलाई उपलब्ध गराउने ।
सूचना प्रवाह गर्दा विभिन्न राष्ट्रिय भाषा तथा आमसञ्चार माध्यमबाट गर्ने ।
सम्भव भएसम्म यो ऐन लागू हुनु भन्दा २० वर्षअघिसम्मका आफ्नो निकायसंग सम्बन्धित सूचना अद्यावधिक गरी राख्ने ।
आफ्नो निकायसंग सम्बन्धित ऐन नियमले तोकेको सूचना सूचिकृत गरी प्रत्येक ३ महिनामा स्वतः सार्वजनिक, प्रकाशन तथा प्रसारण गर्ने ।
आफ्नो कार्यालयको सूचना नियमित रुपमा प्राप्त गर्ने ।
सूचनाको उचित सुरक्षा, संरक्षण र भण्डारण गर्ने ।
सूचना माग कर्तालाई सूचना माग्न प्रोत्साहित एवं आवश्यक सहयोग गर्नु पर्ने ।
लेखपढ गर्न नजन्नेको सूचना मागकार्ताको निवेदन सुनेर तयार गरिदिनुपर्ने र निवेदकलाई त्यसबारे जानकारी गराएर दर्तागराई दिनुपर्ने ।
कानून अनुसार सूचना अधिकारीले आफूकहां सूचनाको माग गर्दै प्राप्त निवेदनमा १५ दिन भित्र सम्बोधन गरिसक्नु पर्ने ।
सूचना अधिकारीले निवेदकद्वारा माग भएको सूचना सम्भव भएसम्म माग भएको स्वरुपमा नै उपलब्ध गराउनु पर्ने ।
निवेदकले माग गरेको स्वरुपमा सूचना उपलब्ध गराउदा यदि सूचनाको स्रोत बिग्रने, भत्कने वा नष्ट हुने संभावना भएमा सूचना अधिकारीले सोको कारण खुलाई उपयुक्त स्वरुपमा निवेदकलाई सूचना उपलब्ध गराउन सक्ने ।
कुनै व्यक्तिले कुनै लिखित, सामाग्री वा काम कारवाहीको अध्ययन वा अवलोकन गर्नकोलागि निवेदन दिएको भए सोकोलागि मुनासिव समय उपलब्ध गराउनु पर्ने ।
कुनै सूचना तत्काल उपलब्ध गराउन नमिल्ने भए सूचना मागकर्तालाई सो सम्बन्धी जानकारी दिनु पर्ने ।
नागरिकले माग गरेको सूचना नीजको जीउ ज्यानको सुरक्षा संग सम्बन्धीत भए सचना अधिकारीले २४ घण्टाभित्र उपलब्ध गराउनु पर्ने ।
सूचनाको माग सम्बन्धी निवेदन सोझै दर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने ।
सूचना शाखाको प्रमुखको रुपमा काम गर्ने ।
अन्त्यमा,
सूचना अधिकारीले उच्च मनोवलका साथ नागरिकले माग गरेको सूचना यथासक्य चांडो उपलब्ध गराई अभिलेख राख्ने, लिखित वा मौखिक जसरी सूचना मागे पनि दिनु पर्ने, आफ्नो फोटो, सम्पर्क नं। सहितको फ्लेक्स बोर्ड प्रकाशन गर्नु पर्ने, माग गरिएको सूचना आफ्नो निकायमा नभएमा वा उपलब्ध गराउन नसकिने भएमा तत्कालै सोही व्यहोराको लिखित जानकारी गराउनु पर्ने, प्रत्येक ३र३ महिनामा आफ्नो निकायसंग सम्बन्धित गतिविधि सार्वजनिक गर्ने, सार्वजनिक गर्न मिल्ने सूचनाहरु वेबसाइटमा राखी सुरक्षित राख्ने लगायतको कर्तव्य सूचना अधिकारीले निर्वाह गर्नु पर्दछ ।
लोकतन्त्रमा सूचनाको हकलाई प्राण वायुको रुपमा लिईन्छ । सूचनाको हकले अधिकतम् खुल्लापनको सिद्धान्तलाई आत्मसात गर्दछ । यसले नगरिकका नाममा हुने कामकारवाही बारे नागरिकलाई जान्न पाउने अधिकार हुने मान्यता राख्दछ । सूचनाको हक सम्बन्धी ऐन, २०६४, नियमावली, २०६५ र नेपालको संविधानले समेत नागरिकलाई सूचनाको हक दिएतापनि ती अझै आफ्नो अधिकारप्रति सजग हुनसकेका छैनन् । सार्वजनिक निकायमा सूचना लिने दिने संस्कृतिको विकास शुरु भएको छ । सूचना अधिकारीले आफुले पाएको जिम्मेवारीलाई अवसरको रुपमा लिई असल सूचना अधिकारी भएर राज्य व्यवस्थामा रहेका बेथितिहरुको समूल अन्तको अभियानमा सरिक भई राष्ट्रमा सुशासन, सामाजिक जवाफदेहीता र पारदर्शीता कायम गरी भ्रष्टाचारमा कमी भई समृद्ध राष्ट्र निर्माणमा योगदान पुग्ने अवसर सूचना अधिकारीको जिम्मेवारीबाट प्राप्त भएको छ । यसैले सूचनाको हक कार्यान्वयन गर्ने गराउने महत्वपूर्ण भूमिका सूचना अधिकारीको हो भन्ने कुरामा दुईमत छैन ।
सन्दर्भ ग्रन्थ स्
नेपालको संविधान
सूचनाको हक सम्बन्धी ऐन, २०६४
सूचनाको हक सम्बन्धी नियमावली, २०६५
सूचनाको सन्देश, राष्ट्रिय सूचना आयोग काठमाडौं नेपाल, २०७४ असोज
मैनाली, श्याम प्रसाद– शासकीय स्वरुप,संविधान र सुशासन,२०७१ श्रावण
नाथ, बासुदेव –यस कारण जनतालाई सूचनाको हक जन सवाल राष्ट्रिय दैनिक २०७४ मंसिर ८ शुक्र बार पृष्ठ ४
९ लेखकले मिति २०७४र०६र३०मा राष्ट्रिय सूचना आयोगबाट सूचनाको हक निबन्ध प्रतियोगितामा भाग लिई प्रथम स्थान हासिल गर्न सफल भई पुरस्कृत हुनु भएको हो ।
(basudevnath2070@gmail.com , contract no. 9841789809)