असोज २८ काठमाण्डौं । विश्वकप २०२२ को छनौट अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपालले आज बलियो प्रतिद्धन्दी जोर्डन विरुद्ध उसैको भूमिमा खेल्दै छ ।
अवे अन्तर्गत हुने खेल नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुने छ ।
नेपालका प्रशिक्षक जोन कालिनले जोर्डन विरुद्ध बलियो रक्षा सहित आक्रमणको नीतिमा टोली मैदानमा उतार्ने छन् । प्रिम्याच कन्फेरेन्समा कालिनले जोर्डन बलियो टिम भए पनि नेपालले राम्रो गर्ने बताए ।
फिफा बरियतामा नेपाल १ सय ६१ स्थानमा छ भने जोर्डन ९८ स्थानमा रहेको छ ।
यस अघि जोर्डन सगँ २३ जुलाई २०११ मा भएको छनौट चरणकै खेलमा उसकै भूमिमा ९ गोल खाएको नेपालले दशरथ रंगशालामा जुलाई २८ मा एक एक गोलको बराबरी खेलेको थियो । त्यतिखेर नेपालका लागि भरत खवासले गोल गरेका थिए ।
यस अघि भएका खेलमा नेपाल अष्ट्रेलियासगँ ५ शुन्य गोलले पराजीत भएको थियो भने कुवेतसगँ ७ शुन्यले हार व्यहोर्न बाध्य भएको थियो ।
चाईनिज ताईपेईलाई भने नेपालले उसकै भूमिमा २ शुन्यले हराएर ३ अंक जोडेको छ ।