क्यानको निलम्बन फुकुवा गर्ने आइसिसीको निर्णय

क्यानको निलम्बन फुकुवा गर्ने आइसिसीको निर्णय

  • सोमवार, अशोज २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, असोज २७ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले शर्त राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। आइसिसीका नियमहरु उल्लंघन गरेको भन्दै क्यान सन् २०१६ देखि निलम्बनमा परेको थियो।
हालै क्यानको स्वतन्त्र निर्वाचनमा चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि निलम्बन फुकुवाका लागि मार्गप्रशस्त भएको आइसिसीले जनाएको छ। आइसिसीका अध्यक्ष शशांक मनोहरले नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै निलम्बन फुकुवा गरेर पुन सदस्यको मान्यता दिइएको बताए ।
साथै आइसिसीले जिम्वाब्बेको प्रतिबन्ध पनि फुकुवा गरेको छ। त्यसैगरी महिला क्रिकेटको पुरस्कार समेत बढाउने निर्णय गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ