असोज २७ काठमाण्डौं । ईलाका प्रहरी कार्यलय धरान सुनसरीले पेस्तोल र लागू औषध सहित २३ वर्षे निरज कुमार राउतलाई पक्राउ गरेको छ ।
उनलाई हिजो साझँ विषेश सुचनाका आधारमा बनेको देश र नम्बर मेटेर राखिएको एउटा पेस्तोल, म्यागजिन एक थान र १३ राउण्ड गोली सहित पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यलयका डिएसपी ढुण्डीराज न्यौपानेले उनको साथबाट ठूलो परिणाममा लागु औषध पनि बरामद भएको र हतियार खरखजाना तथा लागू औषध सम्बन्धि मुद्धामा म्याद थपेर अनुसन्धान भईरहेको बताएका छन् ।
उनलाई धरान १० बिशाल पथमा रहेको डेराबाट पक्राउ गर्ने क्रममा खानतलासी गरी डाईलेक्स डिसी २ सय ५० बोतल,न्युट्रोसम १० ६ सय ४० थान,स्पास्मो प्रोक्सिभन प्लस १२ हजार ९ सय ४४ गोली बरामद गरिएको थियो ।
राउतलाई विगतमा पनि लागू औषधका मुद्धामा ७२ सालमा धरौटीमा छुटेका राउत ७४ सालमा यस्तै मुद्धामा १८ महिना जेल बसेर निस्किएका थिए ।