महरालाई अस्पतालबाटै अदालत पुर्याईने

महरालाई अस्पतालबाटै अदालत पुर्याईने

  • सोमवार, अशोज २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

असोज २७ काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोेषनी शाही माथि बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार नर्भिक अस्पतालबाट सोझै काठमाडौं जिल्ला अदालत लाने तयारी प्रहरीले गरेको छ ।
थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।
१९ असोजमा सरकारी निवासबाटै पक्राउ गरेर सिंहदरबार वृतमा राखिएका महरा विरामी परे पछि नर्भिकमा भर्ना गरिएको थियो ।
उनलनाई २३ गते मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्रा्ष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।
सोही कारण उनको बयान सरकारी वकिलको कार्यलयमा हुन सकेको छैन ।
बयान र अनुसन्धान पुरा नभएकाले महरालाई थप हिरासतमा राख्न म्याद थप्ने तयारी प्रहरीले गरेको छ । कानुनतः उनलाई २५ दिन सम्म हिरासतमा राख्न सक्ने व्यवस्था छ ।
सोही पक्राउ पूर्जीको आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
प्रहरीले आज महरालाई अदालत लैजाने तयारी गरेपनि देशैभरका अदालत बन्द भएपछि मंगलबार अदालत हाजिर गर्न लागिएको जनाएको छ । सोमबार पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ