काठमाण्डौं असोज २७ । नेपालको दुई दिने राजकीय भ्रमण सकेर चीनीया राष्ट्रपति स्वदेश फर्किए पनि उनले नेपालका अधिकारीहरुसगँ गरेको कुराकानीमा आधारीत विषयले अन्तराष्ट्रिय सञ्चार माध्यममा चर्चाको बिषय बनेको छ । नेपालका प्रधानमन्त्री सहितका नेताहरुसगँको कुराकानीमा राष्ट्रपति सिले कडा चेतावनीको भाषा बोलेको चीनीया टेलिभिजन सिसिटिभीलाई उद्धृत गर्दै विविसीले उल्लेख गरेको छ ।
राष्ट्रपति सिले चीनलाई विभाजन गर्ने कुनै पनि शक्तिलाई जनताले निस्तेज पार्ने बताए । उनले तिव्वत चीनको अभिन्न अंग भएकोले यसलाई विभाजन गर्न नसकिने, ताईवान पनि चीनको अभिन्न अंग भएकाले स्वतन्त्र हुन नसक्ने र आवस्यक परे बलप्रयोग गर्ने चेतावनी दिएका थिए ।
साथै हगंकगमा चलिरहेको प्रदर्शनमा पश्चिमा शक्तिले पैसा खर्च गरीरहेको र स्वतन्त्रताको कुरा उचालेको भन्दै चेतावनी दिएको विविसीले लेखेको छ ।
हगंकगंमा प्रदर्शन उग्र र हिसात्मक बन्दै गए पछि चीनीया सवोच्च नेतृत्वबाट चेतावनी शुरु भएको हो । साथै यो राजकीय भ्रमणका क्रममा दुई देशबीच भएको सहमति पछि चीन नेपाल नजिक भएको टिप्पणी पनि विविसीको हिन्दी संस्करणले गरेको छ ।
सि को भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न १८ बुदे सहमति र दुई वटा लेटर अफ् एक्सचेन्ज भएको थियो ।
साथै १४ बुदे सयुक्त विज्ञप्तिमा दुवै देशले एक अर्काको सार्वभौम सत्ता, स्वतन्त्रता र क्षेत्रीय शान्तिको सम्मान गर्ने घोषणा गरेका थिए । यसै गरी नेपालले एक चीन नीतिको पक्षमा समर्थन व्यक्त गरेको छ ।