रुस विश्वकप २०२२ का लागि छनौट

रुस विश्वकप २०२२ का लागि छनौट

  • सोमवार, अशोज २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

असोज २७ । रुस र पोल्याण्ड अर्को वर्ष हुने युरोकप फुटबल प्रतियोगिताका लागि छनौट भएका छन् । गएराति भएको समूह ‘आई’ को खेलमा साइप्रसलाई ५–० ले हराउँदै रुस युरोकपमा छानिएको हो ।

यही समूहका अन्य खेलहरुमा बेल्जियमले काजखस्तानलाई २–० ले हराउँदा स्कटल्याण्डले सान मारिनोमाथि ६–० को जित निकाल्यो ।
यो समूहमा ८ खेलबाट बेल्जियमले २४ अंक जोड्दा दोस्रो स्थानमा रहेको रुस पनि २१ अंकसहित युरोकपमा छानिएको हो ।

उता समूह ‘जी’ को खेलमा उत्तरी मेसेडोनियालाई २–० ले हराउँदै पोल्याण्ड पनि प्रतियोतिाको लागि छानिएको छ ।

छनौट अन्तर्गत गएरातिका खेलहरुमा नेदरल्याण्ड्स, जर्मनी र हंगेरी पनि विजयी भए । समुह ‘सी’ को खेलमा नेदरल्याण्ड्सले बेलारुसलाई २–१ ले हराउँदा जर्मनीले इस्टोनियामाथि ३–० को जित निकाल्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ