काग्रेसका चियापानः प्रचण्डले भने राजनीतिले जुनसुकै मोड लिन सक्छ , प्रधानमन्त्री भन्छन् देउवाजीसगँ मेरो सम्बन्ध ४५ बर्षदेखि

काग्रेसका चियापानः प्रचण्डले भने राजनीतिले जुनसुकै मोड लिन सक्छ , प्रधानमन्त्री भन्छन् देउवाजीसगँ मेरो सम्बन्ध ४५ बर्षदेखि

  • आइतवार, अशोज २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

असोज २६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काग्रेस सभापति शेर बहादुर देउवासगँ आफ्नो सम्बन्ध ४५ वर्षदेखि भएको बताएका छन् । त्यस्तै काग्रेसका अर्का नेता रामचन्द्र पौडेलसगँ पनि राम्रो सम्बन्ध रहेको बताए ।
नेपाली कांग्रेसले दशैंको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रको विषयमा सत्ता र प्रतिपक्ष दलबीच सहमति रहेको समेत उनको तर्क थियो ।
समारोहमा कांग्रेस सभापति शेरवहादुर देउवाले फरक विचार बोकेका राजनीतिक दलहरुबीच राजनीतिक विषयमा मतभिन्नता भएपनि आपसी सम्बन्ध, सहमति र सहकार्यको संस्कृति कायमै रहेको बताए ।
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिमा कुनै पनि कुरा असम्भव नहुने भन्दै उनले भविष्यमा राजनीतिले जुनसुकै मोड लिनसक्ने टिप्पणी गरे ।
दहरुबीच सहमति, सहकार्य र एकताका लागि कांग्रेसले देखाउने गरेको तत्परता प्रसंशनीय रहेको उनको भनाई छ ।

यस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भएकोले लोकतन्त्रका कांग्रेसको सधैं साथ रहने प्रतिक्रिया दिए ।
चियापानमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिज्ञ, नेपाल स्थिति कुटनीतिक नियोगका प्रमुख, उद्योगी व्यवसायी, विभिन्न पेशाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसका संस्थापक वीपी कोइराला वि.स. २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि नेपाली कांग्रेसले प्रत्येक वर्ष कोजागत पूर्णिमाको दिन चियापान आयोजना गर्दै आएको छ ।
चियापानमा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरु समेत सहभागी थिए । विगतको तुलनामा यसपटक चियापान व्यवस्थित देखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ