असाेज २६ काठमान्डाै । नेपालको दुइ दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी जिन पिङ स्वदेश फर्किएका छन् । शनिबार साँझ पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।
माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा राष्ट्रपति सी स्वदेश फर्किँदा उनलाई ठाउँठाउँमा सर्वसाधारण तथा सरकारी कर्मचारीहरुले विदाइ गरेका थिए । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् ।
राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीलगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेर राष्ट्रिपति सीलाई विदाई गरेका थिए ।
विमानस्थलमा नेपाली सेनाले राष्ट्रपति सी जिनपिङलाई विदाई सलामी अपर्ण गरेको थियो । नेपाल भ्रमणको क्रममा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग एक्ला एक्लै गरेका थिए । यस भ्रमणका बेला दुवै देशबीच बुदे सम्झौता भएकाे थियाे ।