जिउदै मान्छेलाई इट्टा भट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस सांसद आलम पक्राउ

जिउदै मान्छेलाई इट्टा भट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस सांसद आलम पक्राउ

  • आइतवार, अशोज २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

असोज २६ काठमाण्डौं । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट आइतबार बिहान गिरफ्तार गरेको छ।

२०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ।

उनले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो। बम बनाउने काममा केही नेपाली पनि सहभागी थिए।

सो घटना लुकाउन उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जना नेपालीको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए।

सोही पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले सेतोपाटीलाई जानकारी दिए।

आलमलाई हिरासतमा लिई अनुसन्धान थालिएको एसपी खत्रीले बताए। आइतबार सार्वजनिक बिदा परेकाले आलमलाई सोमबार सरकारी वकिलको कार्यालयसँग परामर्श गरी अदालतसँग हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिने खत्रीले बताए।  आलम रौतहट -२ बाट प्रतिनिधि सभा सदस्य छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ