काठमाडौं-केरुङ सुरुङ बनाउने राष्ट्रपति सीको घोषणा

काठमाडौं-केरुङ सुरुङ बनाउने राष्ट्रपति सीको घोषणा

  • आइतवार, अशोज २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

असाेज २५ काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्।

दुईदिने भ्रमणको पहिलो दिन शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त घोषणा गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सम्मानमा रात्रिभोज आयोजना गरेकी थिइन्।

‘हामी चीन-नेपाल हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरू गर्नेछौं,’ आफ्नो सम्बोधन क्रममा राष्ट्रपति सीले भने, ‘काठमाडौंबाट केरुङसम्मको सुरुङ मार्ग परियोजना अगाडि बढाउन हामी सक्रिय हुनेछौं। अरनिको राजमार्गलाई विभिन्न चरणमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनेछौं।’

दुई देशबीच बहुआयामिक ‘कनेक्टिभिटी’ सञ्जाल निर्माण गर्न बढीभन्दा बढी नाका खोलेर सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

‘नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन हामी मद्दत गर्नेछौं,’ उनले भने, ‘यसबाट दुई देशका जनताबीच समझदारी बढ्नेछ भन्ने मलाई आशा छ।’

२०७२ सालको भुइँचालोपछि नेपालको पुनर्निर्माण परियोजनामा सक्रियतासाथ सहयोग गरिरहेको जानकारी दिँदै राष्ट्रपति सीले सन् २०२० मा मनाउन लागेको नेपाल भ्रमण वर्ष सफल बनाउन सक्दो सहयोग गर्ने पनि बताए। त्यस अवधिमा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

दुई देशका विभिन्न सहरलाई ‘भगिनी सहर’ का रूपमा अघि बढाउन उत्प्रेरित गर्ने उल्लेख गर्दै सीले भने, ‘लुम्बिनी बुद्धको जन्मस्थल हो। चीनमा बुद्ध धर्म मान्नेहरूको संख्या संसारमै बढी छ। आगामी दिनमा बुद्ध धर्म मान्ने चिनियाँहरू बढीभन्दा बढी नेपाल घुम्न जानेछन्।’

उनले जलवायु परिवर्तनप्रति नेपाली पक्षको चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतामा नेपाल पक्षको उपयुक्त मागलाई चीनको समर्थन रहने बताए। ‘हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाउँदै विशेषगरी हिमाली क्षेत्र र सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं,’ सीले भने।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ