इंग्ल्यान्ड चेक रिपब्लिकसित पराजित

इंग्ल्यान्ड चेक रिपब्लिकसित पराजित

  • शनिबार, अशोज २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, असोज २५ । युरोकप फुटबल छनोटको खेलमा चेक रिपब्लिकले इंग्ल्यान्डलाई २–१ ले हराएको छ ।

शुक्रबार राति चेक रिपब्लिकमा भएको समूह ‘ए’को खेलमा घरेलु टोलीलाई विजयी गराउन ज्याकोब ब्राबेक र जेनेक ओन्द्रासेकले एक/एक गोल गरे ।

इंग्ल्यान्डका ह्यारी केनले खेलको पाँचौं मिनेटमै पेनाल्टीमार्फत् पहिलो गोल गरेपनि अग्रता जोगाउन नसक्दा टोलीले युरोकप छनोटमा पहिलो हारको सामना गर्नुपर्‍यो ।

समूह ‘ए’कै अर्को खेलमा मोन्टेनेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेलेका छन् ।

युरोकप छनोटअन्तर्गत् समूह ‘बी’को खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–० ले हराउँदा युक्रेनले लिथुआनियामाथि २–० को जित निकालेको छ ।

पोर्चुगलको जितमा एक गोल गरेका क्रिश्चियानो रोनाल्डोले देश र क्लबका लागि आफ्नो करियरमा गरेको गोल संख्या ७०० पुर्‍याएका छन् ।

युरोकप फुटबल छनोटकै अर्को खेलमा फ्रान्सले आइसल्यान्डलाई १–० ले हराउँदा टर्कीले अल्बानिया तथा एन्डोराले माल्दोभालाई समान १–० गोलको अन्तरमा हराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ